ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर अत्याधुनिक र सुविधा सम्पन्न नयाँ भवनमा संचालन

  • माघ २३, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दीकी,

लहान । सिरहाको लहानमा विगत पाँच वर्षदेखि संचालित ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर छैठो वर्ष प्रवेशको अवसरमा अत्याधुनिक र सुविधा सम्पन्न भवनमा सरेको छ । सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी हालै ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सञ्चालनमा आएको हो ।

आइतबार पोलिक्लिनिकका संस्थापक अध्यक्ष देव नारायण चौधरीले रीबन काटेर पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टरको नयाँ भवन उद्घाटन गर्नु भएको थियो ।

विभिन्न किसिमको स्वास्थ्य परिक्षणको लागि धरान, विराटनगरलगायतका ठाउँमा धाउन पर्ने समस्यलाई मध्यनजर गर्दै अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक डा. ओम प्रकाश चौधरीले जानकारी दिनु भयो ।

चौधरीका अनुसार पोलिक्लिनिकमा विशेषज्ञ डाक्टर सेवा, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवा, भिडियो एक्स-रे सेवा, डिजिटल एक्स-रे सेवा , निबुलाइजर सेवा, ई.सि.जि. सेवा, माइनर अप्रेशन र होलबडि चेकअप जस्ता सेवाहरु उपलब्ध हुनेछ ।

पोलिक्लिनिकमा शल्यक्रिया तथा ल्याप्रोस्कोपिक सर्जन डा. शैलेन्द्र साह, महिला तथा प्रसुती रोग विशेषज्ञ डा. गिता यादव, नवजात शिशु तथ बाल रोग विशेषज्ञ डा. अभय चन्द्र यादव र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ प्रमोद कुमार दासको सेवा विहानदेखि बेलुकीसम्म रहने सञ्चालक चौधरीले जानकारी दिनुभयो ।

photo_2022-02-06_18-50-47

त्यस्तै डाइबिटिज, थाइराइड तथा हरमोन रोग विशेषज्ञ डा. सितेश कुमार गोईत, जेनरल फिजिसियन डा. मनोज सुवेदी र फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. कृष्णा कुमार साहको सेवा महिनामा कम्तिमा २ पटक हुने जनाइएको छ ।

कार्यक्रममा लहान नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता, वडा नम्बर ८ का वडा अध्यक्ष विजय महतो, नेपाल पत्रकार महासंघ सिरहाका जिल्ला अध्यक्ष मनोज बनैता यादव, नेपाल पत्रकार महासंघ सिरहाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, गोरखापत्रका सिरहा सम्वाददाता जिवछ यादव उदासी, समृद्धिपथ दैनिकका सम्पादक फिरोज सिद्दिकी, रोडियो सरगमका संस्थापक अध्यक्ष फिरोज शेख, हर्षित नेपालका सम्पादक विरेन्द्र नेपाल, गोर्खा टि.भी.का सिरहा संवाददाता महेश सिंह र रेडियो नेपालका सिरहा संवाददाता संजय विश्वकर्मा लगायत विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरुले बधाई तथा शुभकामना दिएका थिए ।

छैठौं वर्ष प्रवेशको अवसरमा माघ २४ गते सोमवार निःशुल्क स्वास्थ्य शिविर समेत संचालनमा ल्याएको जनाइएको छ ।

photo_2022-02-06_18-51-12 photo_2022-02-06_18-51-07 photo_2022-02-06_18-51-16 photo_2022-02-06_18-51-22

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A