लहान । मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था समग्र जन उत्थान केन्द्र लहानको नयाँ नेतृत्व चयन भएको छ । शनिवार सिरहाको लहानस्थित प्यासिफिक होटलमा सम्पन्न केन्द्रको १९ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनले सर्वसहमत रुपमा रामभरोसी महतोलाई अध्यक्षमा चयन गर्दै नौ सदस्य नयाँ कार्य समिति चयन गरेका छन् ।
समितिको उपाध्यक्षमा अनिता चौधरी, सचिवमा मुन्द्रिका मण्डल र कोषाध्यक्षमा मदनकुमार मण्डललाई चयन गरेको छ । यसैगरी सदस्यमा भैरवप्रसाद गेलाल, सुरेन्द्र कुमार श्रेष्ठ, चुनु चौधरी, विनिता बराइली चयन भएको निर्वाचन मण्डलका अध्यक्ष बाबुनाथ यादवले जानकारी दिनुभयो । वहाँका अनुसार चयन भएको कार्यसमितिको पहिलो बैठकबाट थप एक जना कार्यसमिति सदस्य चयन गर्नेछ ।
यसैगरी सभाले केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो समग्र एफ.एम. १०७ मेगाहर्जलाई प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि संस्थाका पूर्व अध्यक्ष सुनिल कुमार साहको संयोजकत्वमा तीन सदस्य रेडियो व्यवस्थापन समिति समेत चयन गरेको छ । सो समितिका सदस्यमा अनिता चौधरी र अनुज राउत सर्वसहमत रुपमा चयन भएका छन् ।
सभाले केन्द्रलाई प्रभावकारी सञ्चालन गर्नका लागि आवश्यक सल्लाह सुझावका लागि संस्थाका संस्थापक सदस्य जया घिमिरे, मुक्ति यादव, बाबुनाथ यादव र विजय कुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
संस्थाको निवर्तमान अध्यक्ष भैरवप्रसाद गेलालको अध्यक्षतामा भएको १९ औ वार्षिक साधारणसभाले संस्थाको सचिव मदनकुमार मण्डलले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मुन्द्रिका मण्डलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई पारित गर्दै नयाँ नेतृत्व चयनको प्रकृया अगाडि बढाउन संस्थाका संस्थापक सदस्य बाबुनाथ यादवको संयोजकत्वमा संस्थाका पूर्व अध्यक्ष सुनिल कुमार साह र सदस्य पार्वती पाण्डे गरी तीन सदस्य निर्वाचन मण्डल गठन गरेको थियो ।
सबैका लागि मानवअधिकार तथा आत्म सम्मानः हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ २०५९ सालमा सञ्चालन भएको केन्द्र पछिल्लो समयमा प्रदेश २ भरी कार्यक्षेत्र बनाई कार्य सम्पादन गरिरहेका छन् ।
हालै मात्र लैंगिक हिंसा उन्नमुख संकटलाई सम्वोधन गर्ने सवालमा हानिकारक सामाजिक मूल्य मान्यता रुपान्तरण, हिंसा प्रभावितलाई सुरक्षा र न्यायमा पहुँच तथा प्रहरी र समुदायबीच विश्वास एवम सम्वबन्ध सुमधुर बनाउने उदेश्यका साथ युकेएड को आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा सहज परियोजना सफलता पूर्वक सम्पन्न गरेको छ ।साथै समुदायमा देखिएका धार्मिक लगायतका सवालमा समस्या समाधानका लागि जि आइ जेड को साझेदारीमा सिरहाको लहान नपा र धनगढिमाई नपामा सम्वाद कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A