वडा कार्यालयमा तोडफोड गर्नेमाथी कडा कारबाहीको माग

  • माघ २८, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी/जिवछ उदासी

लहान । लहान नगरपालिका वडा नम्बर ५ को कार्यालयमा भएको तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको छ । विहिबार पत्रकार सम्मेलन गर्दै लहान नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले बुधबार विहान लागु औषध सेवन गरी वडा कार्यालयमा प्रवेश गरेर तोडफोड तथा गालीगलौच गर्ने लहान ५ निवासी मो नसादलाई कडा कारवाहीको माग गरेको हो ।

photo_2022-02-10_19-39-10

बुधबार विहान १०ः०५ बजे आफू बाहिर रहेको बेला लहान ५ का १९ वर्षिय युवक मो नासादले लागुऔषध सेवन गरी टाउको फुटेको अवस्थामा वडा कार्यालयमा प्रवेश गरी वडा अध्यक्ष बस्ने कुर्सी, टेबुल, सोफालगायतका सामान तोडफोड गर्दैै कार्यालयमा रहेका महत्वपूणर् कागजातहरु फालेर गाली गलौज गर्दै निस्केका थिए ।

नासादले कार्यालय सचिव कृष्ण मोहन साह, कार्यालय सहयोगी राजा मेस्तर, समाजसेवीद्वय इस्राइल सिद्दिकी र ओम प्रकास साहलगायतका ले कुटपिट गरेको आरोप लगाउदै इलाका प्रहरी कार्यालयमा निवेदन समेत दिएको वडा अध्यक्ष मो सुलेमान मियाँ अन्सारीले जानकारी दिनुभयो ।

टाउको फुटेको नासाद वडा कार्यालय पुग्नुभन्दा अगाडि नयाँ बजारमा आमासँगै केहिबेर आमा छोराबीच विवाद भएको थियो । विवादपछि साइकल पसलमा चक्कु मागे । चक्कु साइकल पसलेले नदिएपछि नजिकै रहेको ईँटाले आफै टाउको फोरेर वडा कार्यालयमा पुगेको नासादको काका समिरुल शेखले बताउनु भयो ।

कार्यालयमा दुई पटक प्रवेश गरेको वडा कार्यालयको सिसिटिभीमा फोटो सुरक्षित रहेको छ । वडा कार्यालयमा घट्ना घटाएको नासादले लागु औषधको रुपमा सुई लिएको अबस्थामा यस्तो फिल्मी शैलीमा घट्ना घटाएको स्थानीयहरू बताउछन् ।

photo_2022-02-11_18-19-28

आफ्नो टाउको आफै फोर्ने नासाद वडा कार्यालयका सचिव साह र कार्यालय सहयोगी राजा मेस्तरलगायतकाहरुलाई फसाउन नयाँ बजारका केहि व्यक्तिहरुले उचालेकोले यसको निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

घट्नाबारे इलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख डिएसपी डा तपन दाहालले घट्नाबारे सत्यतथ्य छानविन गरेर कारवाही गर्ने बताउनुभयो ।

स्मरणियहोस् लहान ५ निवासी मो. नासाद सप्तरी कल्याणपुरका सांसद सदरुल हकलाई घाटी रेटी मार्ने आरोपी जमिरुल शेखका छोरा हुन् । शेख अहिले पनि फरार रहेका छन् ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A