‘लहानमा प्रहरी प्रशासनको निष्पक्ष भूमिका होस्’

  • फागुन २, २०७८
  • समृद्धिपथ
alt


जीबछ उदासी
लहानमा प्रहरी प्रशासनको भूमिका निष्पक्ष होस् भने माग गर्दै नेकपा एमाले लहान नगर कमिटिले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र दिएको छ ।

केहिमहिना यता लहान नगरपालिकाले सुरु गरेको विकास निर्माण कार्यमा प्रहरी प्रशासनले निष्पक्ष रुपमा भूमिका निर्वाह गरि दिएको भए नयाँ बजार निर्माण,आर्यघाट निर्माण, फोहेरबाट मोहर निकाले फोहेर प्रशोधन केन्द्रर बस पार्क सुचारु भैसकमे हुन्थ्यो तर त्यसो हुन नसकेको  एमाले लहान नगर कमिटि अध्यक्ष राज कुमार साहले बताउनुभयो ।

उहाँको अनुसार नेकपा एमाले लहान नगरकमिटिले प्रहरी प्रशासनको भूमिका कुनै दलको इसारामा चल्ने नहोस । निष्पक्ष तरिकाले छानिबिन गरेर झुठा मुद्दामा फसाउने कार्य नहोस् तर विगता यस्तै भएर नयाँ बजार निर्माणको कार्य सुरु हुँदा एमालेका १३ जनालाई फसाएको थियो । माघ २६ गते लहान–५ नम्बर वडा कार्यालयमा फिल्मी शैलीमा लहान–५कै १९ वर्षिय मो नासादले घटाएको घट्नामा एमालेका नेता कार्यकर्तालाई फसाउने षडयन्त्र भइरहेकोले निष्पक्ष छानविनको लागि ज्ञापन पत्र दिएका छौ ।

nekpa emale news  bigyapti.photo 2

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडि र जिल्ला प्रहरी प्रमुख उपरीक्षक अर्जून प्रसाद तिमिल्सिनाले प्रहरी प्रशासनको भूमिकामा शङका नगर्न विश्वास दिलाउदै शान्ति सुरक्षा कायम गर्न निष्पक्ष भएर काम गरिरहेको दृढता व्यक्त गर्नुभयो ।

नेकपा एमाले लहानका नगर कमिटि अध्यक्ष राजकुमार साह,सचिवालय सदस्यहरु प्रथमलाल चौधरी,राम अधिन यादव,मो.शमशेर,समिल महतो र राज कुमार मल्ल ज्ञापनपत्र बुझाउन सहभागी भएका थिए ।



मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A