सिरहा प्रहरीद्वारा १० जना बन्दकर्ता पक्राउ

  • फागुन ४, २०७८
  • समृद्धिपथ
alt

सिरहा । सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेश प्रदेश संयोजक तथा जिल्ला सेक्रेटरी संजय सिंह, शम्भु साह, रन्जित साह, विष्णुलाल सिंह, रामकिशोर दास, विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला संयोजक राजु विक, उचित महरा, भक्तबहादुर कार्की, क.क्रान्ति रहेका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कणर्जित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले नेपाल बन्दको आह्वान गरेका थिए । रातोपाटीबाट

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A