नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहामा इसराईल सिद्दिकी

  • फागुन १४, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दीकी,

लहान । नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाको नया कार्यसमिती चयन भएको छ । शनिबार सिरहाको लहानमा सम्पन्न जिल्ला अधिबेशनले इस्राईल सिद्दिकीको अध्यक्षतामा ३७ सद्सियय नया कार्यसमिती चयन गरेको हो ।

जस्को उपाअध्यक्षमा मो. समिम, सचिवमा मो. रुसतम अन्सारी, सहसचिबमा मो. इम्तियाज र कोषाअध्यक्षमा फिरोज शेख सर्बसहमतिले चयन भएको छ ।

photo_2022-02-26_20-21-25

त्यस्तै सद्स्यहरुमा मो. नियामुद्दिन, मो. फिरोज खान, मो. अजमल, सहनाज खातुन, जबिना खातुन, मो. हुसैन अन्सारी, रजाउल्लाह अन्सारी, समिउल्लाह मन्सुरी, अब्दुल रहमानलगायतका सदस्यहरु चयन भएका छन । तीन बर्षे कार्याअबधी रहेको उक्त समितिको अन्य चार सद्स्य पछि मनोनित गरिने समेत जनाइएको छ ।

नव निर्वाचित अध्यक्ष सिद्दिकीले सानो प्रतिक्रिया दिदै भन्नुभयो- नेपाल मुस्लिम इत्तेहाद संगठनले आगामी दिनहरुमा मुस्लिम हक हित र अधिकारका लागि सधै आवाज बुलन्द गर्ने छ ।

photo_2022-02-26_20-35-14

संगठनको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रुपमा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय संयोजक तथा इन्चार्ज हाजी सेराज अहमद फारुकीले आफनो अधिकार सुनिश्चताका लागि मुस्लिम सुमदाय जागरुक बन्नु पर्ने बताउनु भयो ।

उहाँले समुदायको हक हितका लागि आफु र आफनो संगठन सम्पुणर् ढंगले लागि पर्ने बताउँदै मुस्लिम समुदायलाई इज्जत दिने, विश्वास गर्ने, चिन्तन गर्ने, विभिन्न राजनीतिक स्थानहरुमा स्थान दिने काम गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको बताउनु भयो ।

photo_2022-02-26_20-21-26

नेकपा एमाले केन्द्रीय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज गंगा प्रसाद यादवले मुस्लिम समुदाय सधै पछि परेका छन् । शिक्षा, स्वास्थ्य, रोजगार, राजनीतिक सबै क्षेत्रमा पछि परेको मुस्लिम समुदायलाई नेकपा एमालेले अरु समुदाय सरह समान व्यवहार गर्दै यस समुदायलाई हरेक क्षेत्रमा अगाडी सारिरहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य रामप्रित राम, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सचिवालय तथा प्रचार विभाग प्रमुख हाजी जफर जमाली, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सचिवालय सदस्य आर्थिक विभाग उपप्रमुख जबुल मियाँ, नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा लहान नगरपालिकाका नगर प्रमुख मुनि साह, लहान नगर उपप्रमुख सरियार कुमारी चौधरी, नेकपा एमाले प्रदेश कमिटि सदस्य रामशंकर यादव, नेकपा एमाले सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, नेकपा एमाले सिरहाका सचिव उग्रनारायण यादव, नेकपा एमाले सिरहा जिल्ला सदस्य तथा इत्तेहाद संगठनका केन्द्रिय सदस्य मोहित राईन, नेकपा एमाले सिरहाका सदस्य जिवछ यादव उदासी, नेकपा एमाले लहान नगर अध्यक्ष तथा वडा नम्बर ११ का वडा अध्यक्ष राजकुमार साह, लहान नगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष मो. शमशेर, वडा नम्बर ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीलगायतको अतिथिहरुको अधिवेशन सफलताको शुभकामना व्यक्त गर्ने आउने निर्वाचनहरुमा नेकपा एमालेलाई बलियो बनाउन मुस्लिम समुदायहरु लागनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाका संयोजक तथा केन्द्रिय सचिवालय सदस्य रियासत लिमीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इत्तेहाद संगठनका लहान नगर अध्यक्ष फिरोज सिद्दिकीले संचालन गर्नु भएको थियो ।

photo_2022-02-26_20-21-26 (2) photo_2022-02-26_20-21-26 (3) photo_2022-02-26_20-31-54 photo_2022-02-26_20-21-25 (2)

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A