स्वस्थ्य रहन खेलकुद आवश्यकः नगरप्रमुख साह

  • फागुन २२, २०७८
  • समृद्धिपथ
alt


जीबछ उदासी
लहान, फागुन २२ गते । स्वस्थ्य रहन खेलकुद आवश्यक रहेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान नगरपालिका शिक्षा शाखाबाट आयोजित राष्ट्रपति रनिङग शील्ड प्रतियोगिता २०७८ लाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ 

‘हाम्रो लहान,समृद्ध लहानको नारालाई कार्यान्वयन गर्न युवा विधार्थीहरुलाई नियमित खेलकुदको अभ्यास आवश्यक रहेको छ । यस आवश्यकतालाई पुरा गर्न नगरपालिककाले विगत देखि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।’ उहाँले भन्नुभयो ।

फगुन २२ देखि २५ गते सम्म चल्ने लङगजम्फ, हाइजम्फ, दुई सय मिटर दौड र फुटवल प्रतियोगितामा लहान नगरपालिकाका दसवटा माध्यमिक विद्यालयहरु भाग लिएको शिक्षा शाखाका प्रमुख अमिरि यादवले जानकारी दिनुभयो ।

running shield news.photo 2
विशिष्ट अतिथि नगरउपप्रमुख सरियार कुमारी चौधरीले खेदकुदको क्षेत्रमा महिला खेलाडीहरुले समेत ख्याति कमाएकाले यस विरासतलाई कायम राखी राख्न छात्र–छात्रा दुबैलाई खेलकुदमा सहभागी गराएको धारणा राख्नुभयो ।
कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख यादवले गर्नु भएको थियो ।

खेलकुदलाई सहजीकरण गर्न शिक्षा शाखाका बीरेन्द्र कुमार चौधरी र राम नारायण मेहताले समेत सहजीकरण गर्नु भएको थियो । पशुपति माध्यमिक विद्यालयको खेलकुद मैदानमा बस्तीपुर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शालिकराम गिरी,नेपाली शिक्षक बीरेन्द्र कुमार यादव,लेखनाथ मावि लहान–२४ का प्रधानाध्यापक राम विलेक्षण सिंह लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयका विज्ञान शिक्षक ओम प्रकाश महतोको विशेष सक्रियता रहेको थिायो ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A