जीवछ यादव
लहान,फागुन २६ गते । नेपाली काँग्रेस सिरहाको १४ औ जिल्ला अधिवेशनमा नेतृत्वव चयनको लागि भएको मतदानमा व्यापक धाँधली भएकोले चुनावी परिणामलाई नस्वीकारी समान्तर कमिटि बनाउने रामसुन्दर चौधरी समूहले निष्कर्ष निकालेको छ । मंगलवार साँझ लहानमा पत्रकार समेलन मार्फत यस्तो जानकारी गराएको हो ।
रामचन्द्र यादव समूहका एक जनाले कैयो पटक मतदान गरेको,१७ सय मत मात्रै खसेकोबेला धाँधली रोक्न गरेको प्रयास सफल नभएपछि चुनाव बहिष्कार गरेको राम सुन्दर चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । प्रहरीको मिलोमतोमा मतदान केन्द्रलाई कब्जामा लिएर धाँधली गरिरहेको बेला रोक्न खोज्दा लहान नगर सभापति रासलाल रायलाई कुटपिट समेत गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,'धाँधलीको सीमा नाघ्यो । प्रहरी र निर्वाचन अधिकृत सञ्जीव लामाले हाम्रो कुरा सुन्दै सुनेन । अन्त्यमा चुनाव बहिष्कार गरयौ । धाँघलीबारे प्रदेस केन्द्र चारैतिर जानकारी गराइ सकेका छौं । कुनै जवाफ नआए सामान्तर कमिटि बनाएर अघि बढ्ने छौ ।'
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A