एलिना हिङ्गमाङ्ग चौधरी,
लहान । लहान नगरपालिका शिक्षा शाखाको आयोजनामा संचालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितो २०७८ को शिल्ड सगरमाथा माध्यामिक विद्यालय ढोढना १५ ले हात पारेको छ ।
यही फाल्गुन २२ गतेदेखि २५ गतेसम्म लहान नगरपालिका ७ स्थित रहेको पशुपति आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा संचालन भएको विभिन्न्न प्रतियोगिता अन्तरगत फुटबल खेलमा सो शिल्ड हात पारेको हो ।
उक्त शिल्ड जनता माध्यामिक विद्यालय सोनमती गाढालाई १ का विरुद्ध २ गोलले परजित गर्दै हात पारेको हो । सो खेलमा जनता मावि सोनमती गाढा लहान १९ दोस्रो र राजाजी वावा माध्यामिक विद्यालय लहान १८ भदैयाले तेश्रो स्थान हात पारेको आयोजकले जनाएको छ ।
चार दिनसम्म संचालन भएको प्रतियोगितामा छात्र छात्राहरुको २ सय र १५ सय मिटरको दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो । २ सय मिटर दोड तर्फ सगरमाथा माध्यामिक विद्यालयका आकृति कुमारी चौधरी तेश्रो, पशुपति आदर्श माध्यामिक विद्यालयका भुमि मगर दोश्रो र सगरमाथा माध्यामिक विद्यालय कै भुमिका चौधरीले प्रथम स्थान हासिल गरेका थिए ।
त्यसैगरी छात्र तर्फ सगरमाथा माध्यामिक विद्यालयका सुर्यमणि चौधरी तेश्रो, पशुपति आदर्श माध्यामिक विद्यालयका राहुल चौधरी दोस्रो र माध्यममिक विद्यालय पडरिया थारुटोलका दिपक चौधरीले प्रथम स्थान हासिल गरेको आयोजक समितिले जनाएको छ ।
उक्त कार्यक्रममा १५ सय मिटर छात्रा तर्फ लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयका रोशनी महतो, सगरमाथा माध्यामिक विद्यालयकी अर्चना कुमारी चौधरी र सोही विद्यालयकै चन्द्रिका कुमारी चौधरीले क्रमशः तेस्रो, दोस्रो र प्रथम स्थान हासिल गरेका छन् भने छात्र तर्फ वस्तीपुर माध्यामिक विद्यालयका जितेन्द्र राम तेश्रो, लेखनाथ माध्यामिक विद्यालयका अजय महताले दोस्रो र राजाजी बाबा माध्यामिक विद्यालय भदैयाका शुसान्त सिंहले प्रथम स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा विजेताहरुलाई लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमानन्द भुषालले शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गर्नु भएको थियो । प्रतियोगितामा एन्फा प्रमुख रेफ्री आषेश थारु, रेफ्री राजेश चौधरी, रेफ्र्री देव चौधरी, फोर्स अफिसियल राजेश चौधरी, भलिवल प्रशिक्षक बुद्धिलाल चौधरीलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रमको समापन समारोहमा प्रतियोगिताम सहभागी विद्यालयहरु पशुपति आदर्श माध्यामिक विद्यालय, श्री लेखनाथ माध्यामिक विद्यालय लहान २४, लक्ष्मण ललिता कुशवाहा माध्यामिक विद्यलय लहान ३, सगरमाथा माध्यामिक विद्यालय लहान १५, राजाजी वावा माध्यामिक विद्यालय लहान १८ भदैया, माध्यामिक विद्यालय हनुमानगर गोर्छारी, जनता माध्यामिक विद्यालय सोनमती गाढा, माध्यामिक विद्यालय पडरिया थारु टोल र माध्यामिक विद्यालय गोविन्दपुर झिरहरी लहान १७ लाई सम्मान-पत्र प्रदान गरिएको थियो।
लहान नगरपालिकाका प्रमुख मुनी साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन र व्यवस्थापन लहान नगरपालिका शिक्षा समिति सदस्य विरेन्द्र चौधरी र लहान शिक्षा शाखाका प्रमुख अमिरि यादवले गर्नु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A