नेपाल बुद्धिजिवी परिषद् सिरहाको अध्यक्षमा भैरव प्रसाद गेलाल चयन

  • फागुन २९, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

सिरहा । नेकपा एमाले आवद्ध नेपाल बुद्धिजिवी परिषद् सिरहाको छैठो जिल्ला अधिवेशनबाट भैरव प्रसाद गेलाल चयन भएका छन् । शनिबार सिरहाको चोहर्वा स्थित सामुदायिक भवनको सभा हलमा सम्पन्न अधिवेशनबाट गेलाल अध्यक्षमा चयन भएका हुन् ।त्यस्तै परिषद्को उपाध्यक्षमा रामबाबु यादव, सचिवमा भानु गौतम, सह-सचिवमा हेम शंकर यादव र कोषाध्यक्षमा ध्यानी मण्डल चयन भएका छन् ।

275673317_2589619337840211_6562990514644160394_n

सदस्यहरुमा नथ्थु मण्डल, प्रलहाद बुढाथोकी, शिवनाथ यादव रहेका छन् भने सलाहकार परिषदको संयोजकमा सकल देव यादव चयन भएका छन् ।

सिरहाको प्रत्येक पालिकाबाट समेटिनेगरी समावेशी १९ सदस्य कार्य समिति बनाउने नेकपा एमाले सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनु भयो ।

परिषद्का संयोजक दिपनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं मधेश प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठ, नेकपा एमालेको सिरहा जिल्ला अध्यक्ष चन्देशवर मण्डल, नेपाल बुद्धिजिवी परिषद्का केन्द्रिय उपाध्यक्ष कामानन्द देव लगायको उपस्थिति रहेको थियो ।

275581813_2589523074516504_1337768081610481976_n

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A