लहान-७ मा पनि एमाले जित्ने वातावरण बन्दैछ : प्रदेशसभा सदस्य लगनलाल चौधरी

  • चैत २, २०७८
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,चैत २ गते । लहान नगरपालिका-७ मा नेकपा एमाले चुनाव जित्ने। वातावरण अनुकूल हुँदै जान थालेको नेकपा सल्लाहकार समिति सदस्य तथा सिरहा-१ क प्रदेशसभा सदस्य लगनलाल चौधरीले बताउनु भएको छ । नकपा एमाले वडा नम्बर-७ ले आयोजना गरेको होली मिलन कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

राष्ट्रियता समृद्धि र विकास नेकपा एमाले बाहेक अर्को कुनै दलले पुरा गर्न नसक्ने ठहर गरी एमाले पार्टीभित्र प्रवेशको लहर चलेको उहाँले बताउनुभयो । 

प्रदेशसभा सदस्य चौधरीले भन्नुभयो,'लहान नगरपालिका -७ मा सचेत मतदाताहरु भएकोले स्वविवेकले प्रयोग गरी लहान -७ मा एमाले जित्नेमा ढुक्क छौ । 

विशिष्ट अतिथिको रुपमा नेकपा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा लहान नगरप्रमुख मुनि साहले 'हाम्रो लहान, समृद्ध लहान' बनाउन लहान नगरपालिकाले भौतिक निर्माण,कृषि शिक्षा पर्यटन लगायत सामाजिक न्यायको लागि उल्लेखनीय काम गरेको दाबी गर्नुभयो । 

काम र तस्बिर आफै बोल्छ लहान नगरपालिकामा भएको कामले नगरबासी खुसी रहेकोले आफू सन्तुष्ट रहेको भन्दै लहान-७ मा राम मन्दिर निर्माण काम अघि बढिरहेको र दुर्गा मन्दिर निर्माणको टेण्डर हुनै लागेको छ । नाला सडक विद्यापति भानुभक्त वचनालय र कलर सिटिको काम सम्पन्न भएको नगरप्रमुख साहलेे जानकारी। दिनुभयो । 

राष्ट्रिय प्रतिनिधि परिषद सदस्य राजेन्द्र चौधरीले होली मिलन कार्यक्रममा लहान-७ मा चलेको पार्टी प्रवेशको लहरले यो वडा जित्ने निश्चित रहेको बताउनुभयो । 

लहान नगरपालिका पुर्व नगरप्रमुख प्रकाश केसी र नेकपा एमाले लहान नगर अध्यक्ष राज कुमार साहले एमालेले स्थानी चुनावमा लहान-७ मा एमाले जितेको दिन वास्तविक होली हुने तर्क गर्नुभयो । 

भगवान साहको अध्यक्षतामा सम्पन्न होली मिलन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्यहरु क्रमश: राज कुमार कोइराला,इस्लाम अलिको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रमको आयोजना स्थानीय युवा नेता जागेश्वर पासवान, सुरेन्द्र श्रेष्ठ,बसन्त साह र सिताराम साहले गर्नु भएको थियो । विभिन्न पार्टी परित्याग गरी दुई दर्जनभन्दा बढीले एमाले प्रवेश गरेको थियो । नव प्रवेशीहरुलाई प्रदेशसभा सदस्य लगनलाल चौधरी अबीर लगाई र नगरप्रमुख मुनि साहले खादा ओढाएर स्वागत गर्नु भएको थियो । 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A