काठमाडौं, चैत्र ७ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका उम्मेदवारको मापदण्डमा हेरफेर गरेको छ । पोलिटब्यूरो बैठकमा आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निणर्यसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गरेको हो ।
यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निणर्य गर्ने भनेको अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निणर्य गरेको हो ।
एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निणर्य पालिका कमिटीहरुले गर्नेछ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निणर्य गर्नेछ ।
प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निणर्य गर्ने बताउनु भयो । उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले निणर्य गर्नेछ ।
विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ । त्यसैगरी लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो । उहाँले भन्नु भयो, ‘स्थानीय तहका उम्मेदवारहरुको सिफारिस गर्दा वडाध्यक्षहरु, वडा सदस्यहरुको सिफारिस वडा कमिटीहरुले गर्ने र त्यसको निणर्य चाँही पालिका कमिटीहरुले गर्नेछ ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सिफारिस गाउँपालिका कमिटीहरुको सुझावमा जिल्ला कमिटीले गर्छ । र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले निणर्य गर्छ । नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि त्यसको निणर्यचाँही प्रदेश कमिटीले गर्छ । बाँकि महानगरपालिकाको मेयर, उपमेयरको निणर्य चाँही प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटिले गर्छ । उनीहरुको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उसको दृष्टिकोण, त्यस्तै लोकप्रियता र चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुन्छ ।
पार्टीमा पुर्याएको योगदान, पार्टीको प्रतिको उसको निष्ठा । हामी संवैधानिक व्यवस्था अनुसार स्थानीय तह निर्वाचनको पनि घोषणा पत्र तयार गर्छौ । घोषणा पत्र हामीले हाम्रो बैशाख नौं गते स्थानीय तह निर्वाचनका लागि केन्द्रिय कमिटीको तर्फबाट घोषणा पत्र जारी गर्छौं हामी । त्यही दिन प्रत्येक पालिकामा हामी यसरी चुनावको घोषणा पत्र, प्रतिवद्धतापत्र तयारी पारिसकेपछि स्थानीय तहको निर्वाचनमा आफ्न विभागीय कामहरुबाहेक पार्टी स्थापना दिवस मनाउने, त्यही दिन ज्येष्ठ नागरिकहरुको सम्मान गर्ने दिन पनि हुन्छ । सचिवालयका गरेका निणर्यहरु अनुमोदन हुन्छ ।
अनि विविधमा चाँही पार्टी प्रवेशीहरुको व्यवस्थापनको लागि विभिन्न विभागहरुको गठन गर्ने अनुमति जिल्ला प्रदेश कमिटी, जिल्ला कमिटीहरुलाई दिन्छौं ।’पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि आवश्यक विभागहरु गठन गर्ने अनुमति आवश्यक्ता अनुसार प्रदेश र जिल्ला कमिटीहरुलाई दिने निणर्य पनि बैठकले गरेको छ । जनताटाईम्सबाट
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A