जीबछ उदासी
लहान, चैत ७ । नेकपा एमाले केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज रामरति रामले लहान नगरपालिकाका सम्पूर्ण जन संगठनहरुलाई सक्रिय गरेर चुनावी तयारीमा लाग्न निर्देशन दिनु भएको छ । नेकपा एमाले लहान नगरकमिटिले आयोजना गरेको जन संगठनका इन्चार्ज तथा वडा कमिटिका अध्यक्षहरुको पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो ।
कम्युनिष्ट पार्टीका जन संगठनहरु नामधारी मात्रै होइन, काम गर्ने किसिमको हुनुपर्नेमा जोड दिँदै सबैभन्दा नजिकको स्थानीय तहको निर्वाचन जित्नको लागि कामको रफ्तार बढाउन आवश्यक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘नेकपा एमालेले गरेका कामहरुलाई जनताको घरदैलोमा पुरयाएर मन मष्तिकमा पुरयाउन सक्यो भने नेकपा एमालेलाई संसारको कुनैपनि शक्तिले पराजित गर्न सक्दैन । जतिदलले गठबन्धन गरेपनि फरक पर्दैन ।’
राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा लहान नगरप्रमुख मुनि साहले जनतासँग गरेको ९० प्रतिशत पुरा गरिसकेकोले गरेका कामहरुको बारे नगरवासीहरुलाई बुझाउने काम पार्टीको भएकोले यसतर्फ ध्यान जानुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो,‘लहानमा एमाले पार्टीलाई गठबन्धनको नाममा गरेको घेराबन्दी तोडन र चुनावमा दुई तिहाइ बहुमतकोसाथ लहान नगरपालिका जित्न सबै जन संगठनहरु युद्ध गतिमाक्रियाशिल हुन जरुरी छ ।
लहान नगर इन्चार्ज राजेन्द्र प्रसाद साहले जन संगठनहरुले पार्टीले दिएकोजिम्मेबारी रनिर्देशन पालनामा अल्छी नगरी चुनावको तयारीमा लाग्न आग्रह गर्नुभयो । लहान नगर कमिटिका अध्यक्ष राज कुमार साहले लहान नगरपालिका मधेस प्रदेशको लागि मात्रै्र होइन, देशकै लागि एमालेको प्रतिष्ठा भएकोले चुनाव जित्न जनहीतमा पुरै पार्टी परिचालनको योजना अनुसार क्रियाशिल हुनपर्नेमा जोड दिँदै जनवल भन्दा अर्को कुनै वल नभएकोले सबै जन संगठन र लहान नगरमा रहेकाजिल्ला कमिटि सदस्यह केन्द्रिय कमिटि सदस्यहरु समेत योजनवद्ध रुपमा लाग्न आग्रहगर्नुभयो ।
बैठकका लहान नगर कमिटिकाउपाध्यक्ष पविना सिंह,सचिव विरेन्द्र चौधरी, सह सचिवराम अधिन यादव, सह सचिव प्रथमलाल चौधरीको सक्रियतामा बैठक बसेको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A