फिरोज सिद्दिकी,
लहान । नेकपा एमालेको जनसंगठन नेपाल बुद्धिजीवी परिषद् सिरहा क्षेत्र नम्बर १ को क्षेत्रिय भेला सम्पन्न भएको छ । नेपाल बुद्धिजिवी परिषद् सिरहाको अध्यक्ष भैरब प्रसाद गेलालको अध्यक्षतामा प्रथम क्षेत्रिय भेला समापन गरिएको हो ।
भेलाबाट १३ सदस्यिय नयाँ कार्य समिति चयन भएको छ । नव नियुक्त क्षेत्रिय कार्य समितिका अध्यक्षमा राजकुमार मल्ल, उपाध्यक्षमा हरिनारायण चौधरी, सचिवमा देवनलाल ठाकुर, सह-सचिवमा यमुना खनाल, कोषाध्यक्षमा मनोज कुमार मण्डल चयन भएको छ ।
त्यसैगरी सदस्यहरुमा मो. फिरोज सिद्दिकी, नरेन्द्र भट्टराई, अशोक महतो, काशिन्द्र साह, सुरेन्द्र यादव, भरत मेस्तर, लेखराज सिंह र प्रभा घिमिरे रहेका छन् ।

कार्यक्रममा नेकपा एमाले सिरहाका जिल्ला सदस्य तथा प्रेस चौतारी नेपाल सिरहाका अध्यक्ष जिवछ यादव उदासीले बुद्धिजीवीहरु सधै पार्टीलाई बौद्धिक खोराक दिइरहनु पर्ने बताउँदै अहिले चुनाव जिताउन पछि स्थानीय सरकार चलाउन बुद्धिजीवी परिषद्ले नेकपा एमालेलाई सल्लाह सुझाब दिनु पर्ने धारणा राख्नु भयो ।
उहाँले बुद्धिजिवीहरुले हालसम्म बिभिन्न क्षेत्रबाट पार्टिलाई सहयोग गरेको र आगामि दिनमा पनि पार्टिका लागि नयाँ रचनात्मक क्रियाकलापमा भुमिका खेल्ने बताउँदै आसन्न तीनै तहको निर्वाचनका लागि पनि नेपाल बुद्धिजीवि परिषद्ले मूख्य भूमिका खेल्नु पर्ने बताउनु भयो ।

प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साहले नेपाल बुद्धिजिवी परिषद्ले पार्टिका लागि महत्वपूणर् भुमिका खेल्ने र यस क्षेत्रमा पार्टिलाई कसरि चलाउने कसरि सक्षम बनाउन सकिन्छ भन्ने बारे प्रमूख भमिका खेल्नु पर्ने बताउनु भयो ।
बुद्धिजिविको सर्कल राम्रो हुनु पर्ने र जहाँ बुद्धिजिवि सर्कल राम्रो छ त्याँहा पाटि बलियो हुने भएकोले बुद्धिजिवी परिषद् मुल खम्बा नै भएको उहाँले बताउनु भयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष समेत रहनु भएका नेपाल बुद्धिजिवी परिषद् सिरहाका अध्यक्ष भैरब प्रसाद गेलालले आसन्न निर्वाचनमा नेपाल बुद्धिजिवी परिषद् सक्रिय रहेर काम गर्ने बताउँदै सिरहाको चारवटै क्षेत्रमा क्षेत्रिय कार्य समिति छिटै सम्पन्न गर्ने जानकारी दिनुभयो । अबका दिनमा प्रभाबकारि रुपमा लागी पर्ने र सबै कार्य समितिले यस्मा सहयोग गर्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले सिरहा जिल्ला सदस्यद्वय सचितान्नद चौधरी, धनेश्वर यादव र नेपाल बुद्धिजिवी परिषद् सिरहाका सल्लाहकार रामसेवक यादवले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै नेपाल बुद्धिजिवी परिषद् सिरहाका उपाध्यक्ष रामबाबु यादवले स्वागत मन्तव्य राखेका थिए भने सचवि भानु गौतमले कार्यक्रम संचालन गरेका थिए ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A