जीबछ उदासी
लहान,चैत १४ गते । लहान–७ स्थित रहेको दुर्गा मन्दिर निर्माण र लहान –१३ बाट २४ किलोमिटर चक्रपथ निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार नगरप्रमुख मुनि साहले शिलान्यास गरेपछि दुबै कार्यको शुभारम्भ भएको हो ।
विकासको आधार : शिक्षा, स्वास्थ्य,पर्यटन र पुर्वाधारको नारालाई पुरा गर्न शहरी क्षेत्रमा धार्मिक पर्यटनमा टेवा पुरयाउन दुर्गा मन्दिर निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।लहानको इतिहाससँगै जोडिएको दुर्गा मन्दिर निर्माण कार्य सुरु भएको छ भने राम मन्दिर निर्माण कार्य अघि बढिसकेकोले चुनावमा जनतासँग गरेको प्रतिवद्धता पुरा हुन लागेको नगरप्रमुख साहले भन्दै उपलब्ध स्रोत साधन र बजेटको प्रयोग गरेर लहान नगरपालिकाको पर्यटकीय विकासमा उल्लेखनीय काम भइरहेको प्रष्टयाउनुभयो ।
सलहेस सुर्किट निर्माण कार्य अघि बढिसकेको छ भने राजदेवी पञ्चावती, राजाजी डाँडामा मन्दिर निर्माण कार्य अघि बढिरहेकोले आउने निकट भविष्यमै लहानको ग्रामीण भेग र शहरी क्षेत्रमा रहेको धार्मिक पर्यकीय क्षेत्रको विकासको लागि काम गरेको विश्वास व्यक्त गर्नभयो ।लहान –७ मा विद्यापति भानुभक्त वाचनालय,स्मार्ट सिटी घण्टाघर,दिनाभद्री कम्पलेक्स , नयाँ बसपार्क लगायतका कामहरु सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिँदै नगर प्रमुख साहले चुनावमा नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेका बताउनुभयो ।
उहाँले भन्नुभयो,‘लहानको नयाँ बजार निर्माण, आर्यघाट निर्माण र फोहोरबाट मोहर कार्यक्रममा असहयोग हुनु दुर्भाग्य हो । सहमति सहकार्य र एकताको आधारमा अघि बढ्न नगरपालिका तयार रहेको छ ।’तीन एक वर्षमा मन्दिर निर्माण कार्य सम्पन्न गर्न ठेकोदारसँग नगर प्रमुख साहले आग्रह गर्दै समयमा मन्दिर निर्माण कार्य सम्पन्न गरे ठेकेदारलाई पुरस्कृत समेत गरिने प्रमुख साहले उद्घोष गर्नुभयो ।
शिलान्यास कार्य लहान–७ का वडा सदस्य आनन्द साहको अध्यक्ष्तामा सम्पन्न भएको थियो भने कार्यक्रममा लहान–९ का वडाध्यक्ष प्रदिप कुमार चौधरी, लहान–१० का वडाध्यक्ष मन्टी कुमार मण्डल , लहान–२३ का वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता, मानव अधिकार एलाइन्स सिरहाका अध्यक्ष देवराज पोखरेल नेकपा एमाले जिल्ला कमिटि सदस्य राम नारायण मेहता, नेकपा एमाले नगरकमिटि सदस्य बसन्त साह लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
दुर्गा मन्दिर शिलान्यास लगतै लहान नगरपालिका –१३ नम्बरबाट चक्रपथ निर्माण कार्यको समेत शुभारम्भ गर्दै नगरप्रमुख साहले भन्नुभयो,तीन वर्षमा पुरा हुने चक्रपथ निर्माणको कार्यमा अवरोध सृजना नगर्न सबैमा आग्रह गर्नुभयो ।लहान नगरपालिकामा कहाँ कुन बजार लगाउने , कलकारखाना स्थापना गर्ने उद्येृश्यले निर्माण हुन लागेको चक्रपथनिर्माणको पहिलो चरणमा रेखाङकन माटो पुर्ने र ग्राभेल गर्ने कार्यक्रम रहेको उहाँँले जानकारी दिनुभयो ।
चक्रपथ निर्माण कार्यको सुरुवात गरेर लहान नगरपालिकाले सराहनीय कार्य गर्न लागेको भन्दै निर्माण चक्रपथ निर्माणमा दिलोज्यानले सहयोग गर्ने रजग्गा पनि दिइने स्थानीय नेपाली काँग्रेसका नेता भजनलाल चौधरी,नेकपा एमालेका श्रीपतिलाल महतो,शत्रुधन चौधरी नेकपा एमाले नगर कमिटि अध्यक्ष तथा लहान–११ का वडाध्यक्ष राज कुमार साह , पत्रकार जिवछ चौधरी लगायतकाले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम लहान–१३ का वडाध्यक्ष इश्वर बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A