पार्टी उम्मेदबारलाई जिताउन एमाले नेता यादवको निर्देशन

  • चैत १६, २०७८
  • समृद्धिपथ
alt


जीबछ उदासी


लहान,चैत १६ गते । स्थानीय चुनावमा नेकपा एमालेको सबै पदका उम्मेदबारहरुलाई जिताउन नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले निर्देशन दिनु भएको छ । नेकपा एमाले वडा नम्बर –८ को पार्टी कार्यालय उद्घाट्न तथा आयोजित वडा भेलालाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताउनु भएको हो ।

‘अहिले उम्मेदबार चयन नभएको अवस्थामा पार्टीको चुनाव चिन्ह भएको झण्डा लिएर टोलटोलमा गएर पार्टीले गरेको कामबारे जनतालाई बुझाउन ढिलो नगारौ’, उहाँले निर्देशन दिनुभयो ।गठबन्धनको भविष्य नरहेको नेता यादवले भन्दै नेकपा एमालेको पक्षमा देशैभरी जनलहर सृजना भएकोले नेकपा एमालेलाई जनताले जिताएर गठबन्धनको नाममा भइरहेको जालझेलको अन्तय गर्ने निश्चित रहेको ठोकुवा गर्नुभयो ।

parti office news.photo 1
लहान नगरपालिकामा नेकपा एमालेको नेतृत्वमा भएको विकासको सूची एकातिर आउने दिनमा गर्ने कामहरुको सूची अर्को हातमा राखेर लहान नगरबासीलाई प्रष्ट गरेर बुझाउन सके २४ वटै वडामा एमालेको विजय हुने उहाँले तर्क गर्नुभयो ।लहान–८ एमालेको गढ रहेको विगतको चुनावहरुमा सावित भैसकेकोले यस पटक आफ्नो विरासत कायम गर्ने नेता यादवले प्रष्टयाउँदै चन्द्रशेखर लाल शेखर र भोला पासवान जस्ता कम्युनिष्ट आन्दोलनका अथक योद्धाहरुको वडा भएकोले यो वडामा एमालेलाई जिताउन नेता कार्यकर्ता दत्तचित्त भएर लाग्न सुझाव दिनुभयो ।

नेपाली काँग्रेस र जसपा परित्याग गरी एक दर्जन नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई टीका, फूलको माला रगम्छो ओढाएर प्रमुखअतिथि यादवले पार्टी प्रवेश गराउनुभयो ।

parti office news.photo 3
कार्यक्रममा नेकपा एमालेका सल्लाहकार कमिटिका सदस्य तथाप्रदेशसभा का माननीय लगनलाल चौधरी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यद्वय लहान नगर प्रमुख मुनि साह राजेन्द्र प्रसाद चौधरी,उपप्रमुख सरियार कुमारी चौधरी,जिल्ला कमिटि सचिवालय सदस्य तथा लहान इन्चार्ज राजेन्द्र प्रसाद चौधरी,पूर्व मेयर प्रकाश केसी,जिल्ला कमिटि सदस्य तथा नेपाल मुश्लिम इतिहाद संगठन सिरहाका इन्चार्ज रियासत लिमी लगायतका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै लहान नगरपालिकामा नेकपा एमाले फेरि विजय गराउन सबै तह तप्काका नेता कार्यकर्ता जुट्न आग्रह गर्नुभयो ।

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A