सामुदायिक विद्यालय सुधारउन्मुख : नगरप्रमुख साह

  • चैत १९, २०७८
  • समृद्धिपथ
alt


जीबछ उदासी
लहान,चैत १९ गते । लहान नगरप्रमुख मुनि साहले लहान नगरपालिकाको सामुदायिक विद्यालयहरु सुधारउन्मुख रहेको बताउनु भएको छ । लहान–३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय रघुनाथपुर –३ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माण कार्यको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो ।


हाम्रो लहान ,समृद्ध लहानको उद्येश्य पुरा गर्न लहान नगरपालिकाले शिक्षा स्वास्थ्य पर्यटन पूर्वाधार विकासको आधार भने नारा कार्यान्वयन गर्न नगरपालिकामा धार्मिक विद्यालय सहित रहेको ७० वटै सामुदयिक विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि विविध कार्यक्रम र योजनाहरु सफल भएको उहाँले बताउनुभयो ।

पुरानो शैक्षिक इतिहास बोकेको केहि विद्यालयहरुको अवस्था खस्किदानितको विषय बनेको थियो । स्थानीय सरकारले ती विद्यालयहरुको साँख उठाउन भौतिक र शैक्षिक सहयोग सुधारको योजना ल्याएपछि सुधार देखिएको नगरप्रमुख साहले बताउनुभयो ।

raghunathpur school news.photo 2
उहाँले भन्नुभयो,प्राथमिक विद्यालयबाट मावि सञ्चालन गर्न लक्ष्मणललिता कुशवाहा माध्यमिक विद्यालय स्थापनाको लागि दाताद्वय लक्ष्मण मेहता र ललिता देवी मेहताले दाता भएर गरेको योगदानको लहान नगरपालिकाले सदा सम्झिरहने छ । यस विद्यालयको विकासको लागि अभिभावक,व्यवस्थापन समिति र शिक्षक स्टाफले गरेको मेहनेत पनि प्रशंसनीय छ ।‘लहानको सामुदायिक विद्यालयहरुमा शौचालय खानेपानी र स्वच्छताको लागि विकन परियोजना, बाटरएड र दलित जनकल्याण युवा क्लवले दिएको योगदानलाई लहान नगरपालिकाले सम्मान गर्दछ’, नगरप्रमुख साहले भन्नुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पडरिया माविका प्रधानाध्यापक राम सेवका यादव ,लेखानाथ मावि लहान–२४ का प्रधानाध्यापक रामविलेक्षण सिंह,पशुपति माविका पूर्व पैधानाध्यापक विश्वनाथ महतो , सगरमाथा मावि ढोडना–१५ का विद्यालय व्वयस्थापन समितिका अध्यक्ष विरेन्द्र चौधरी, ललकु माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष फूलेश्वरमहतो, पत्रकार जिवछ उदासीले शुभकाना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

raghunathpur school news photo 3
कार्यक्रममा दाता परिवार र विभिन्न क्षेत्रका अगुवाहरुलाई प्रमुख अतिथि नगरप्रमुख साह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहताले दोसल्ला गम्छा ओढाई सम्मान गर्नु भएको थियो ।

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A