जीबछ उदासी
लहान,चैत २० गते ।लहान नगरप्रमुद मुनि साहले भाषा साहित्य संरक्षण र विकासको लागि लहान–७ मा विद्यापति भानुभक्त बाचनालय निर्माण गरेको बताउनु भएको छ ।
२०७४ सालमा चुनावमा नरवासीसँग गरेको प्रतिवद्धता पुरा गर्न भानुभक्त बाचनालयको तीन तल्लाको भवन निर्माण गरेर यस भेगमा बोलिने मैथिली थारु र नेपाली भाषा लगायत अन्य मातृभाषहरुको संरक्षणको लागि निर्माण भएको बाचनालयको संरक्षण सबैले गर्नुपर्ने उहाँले बताउनुभयो ।
२०२२ सालमा सञ्चालनमा आएको भानुभक्त बाचनालयको जीर्ण भवनलाई भत्काएर भूई तल्लामा गाडी पार्क तल्ल्लो तल्लामा पसल , दोस्रो तल्लामा सांस्कृतिका कार्यक्रम र तेुस्रने तल्लामा संग्रालयमा राखिने नगरप्रमुख साहले जानकारी दिनुभयो ।
हाम्रो लहान, समृद्ध लहानको उद्येश्य पुरा गर्न शिक्षा, स्वास्थ्य , कृषि ,पूर्वाधार समाजिक सुरक्षा र रोजगारको नीति लिएर अघि बढिरहेको लहान नगरपालिकाले भौतिक निर्माण, सामाजिक न्याय र संस्कृतिको संरक्षण र विकासको लागि काम गरेको उहाँले दावी गर्नुभयो ।
‘नेपाली भाषाको आदिकवि भानुभक्त र मैथिली साहित्यका आदिकवि विद्यापतिको नामबाट नमाकरण गरेरयस बाचनालयले लहानको भाषिक सांस्कउतिक मौलिकता झल्किने गरी विविध कार्यक्रमहरु यस बाचनायमा भइरहेछ’, उहाँले भन्नुभयो ।बचनालय नजिकै दुर्गा मन्दिर, राम मन्दिर निर्माण कार्य अघि बढिरहेको नगरप्रमुख साहले भन्दै शहरी क्षेत्रलाई स्मार्ट र कलर सिटी र ग्रामीण भेगलाई शहर उन्मुख बनाउन लहान नगरपालिकाले कार्य गरेको प्रष्ट गर्नुभयो ।
लहान–७ कावडाध्यक्ष राकेश रोशन गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य मुना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमा पत्रकार जिवछ उदासी,लहान–५ का वडाध्यक्ष मो सुलेमान अन्सारी,लहान–९ का वडाध्यक्ष प्रदिपकुमार चौधरी, लहान–१३ कावडाध्यक्ष इश्वर बहादुर बस्नेत लहान –८ का नेकपा एमालेको युवा नेता वसन्त साह,नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाका इन्चार्ज मो रियासत लिमिले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A