जीबछ उदासी
चैत २२ गते । लहान नगरपालिका ३ मा जनता समाजवादी पार्टीबाट निर्वाचित चारै जना सदस्यहरु नेकपामा प्रवेश गरेका छन् । २०७४ को निर्वाचनमा नजनता समाजवादी पार्टीबाट निर्वाचित भएका राजाराम महतो,गणिता महतो,विसुन महतो र नगिना पासवानले जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
लहानमा नेकपा एमालेको नेतृत्वमा रहेको स्थानीय सरकारले विकासको लहर नै ल्याएको र देश र प्रदेशमा पनि एमाले बाहेक अरु दलले विकास गर्न नसक्ने भएकोले आफूहरुले जसपा पार्टी प।ित्याग गरी नेकपा एमाले प्रवेश गरेको जव प्रवेशी वडा सदस्य राजाराम महतोले धारणा राख्नुभयो ।नव प्रवेशी वडा सदस्यहरुसँगै जसपा र नेपाली काँग्रेस परित्याग गरी ६० जनाले नेकपा प्रवेश गरेका नेकपा एमाले वडा कमिटिका अध्यक्ष राजेश चौधरीले जानकारी दिनुभयो ।
नव प्रवेशीहरुलाई प्रमुख अतिथि नेमपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादव, सल्लाहकार समितिका सदस्य तथा प्रदेशसभासदस्य लगनलाल चौधरी, राष्ट्रिय प्रतिनिधि सदस्य तथा लहान नगरप्रमुख मुनि साहले क्रमशः टिका, फूलको माला र गम्छा लगाएर स्वागत गरेका थिए ।
प्रमुख अतिथि यादवले नेकपा एमालेले विकास निकास र इन्साफ दिइने पार्टी भएको आम जनतामा विश्वास जागेकोले देशैभरी नेकपा एमालेमा प्रवेशको लहर चलेको बताउनुभयो ।
कार्यक्रमा नेकपा एमाले सचिवालय सदस्य तथा लहान नगरपालिका इन्चार्ज राजेनद्र प्रसाद साह,पूर्व नगरप्रमुख तथा नेकपा एमाले नेता प्रकाश केसी, विशिष्ट अतिथि माननीय लगनलाल चौधरी र नगरप्रमुख मुनि साहले शुभकामना मन्तव्य दिँदै जति दलले गठबन्धन गरेपनि जनताले स्थानीय तहको निर्वाचनमा नेकपा एमाललेलाई नै जिताउने निश्चित रहेको विश्वास व्यक्त गर्नुभयो ।
वडा कमिटिको अध्यक्ष राजेश चौधरीको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा जिल्ला कमिटिका सचिवालय सदस्य इन्द्र नारायण चौधरीले स्वागत गर्नु भएको थियो । कार्यक्रको सञ्चालन वडा कमिटिको सचिव विलेक्षण कामैतले गर्नु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A