जीबछ उदासी
लहान,चैत २८ गते । नेकपा एमालेका पोलिटव्युरो सदस्य मधेश प्रदेशको सह–इन्चार्ज तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले मधेश प्रदेशमा स्थानीय तहको चुनावमा पहिलो पार्टी हुने बताउनु भएको छ । नेकपा एमाले लहान नगर कमिटिद्वारा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
नेकपा एमाले बाहेक अरु कुनैपनि पार्टीले विकास र समृद्धि ल्याउन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।उहाँले भन्नुभयो,‘मधेश प्रदेशका जनताहरु मधेशको विकास गर्नै असली पार्टी नेकपा एमाले रहेको रहेको बझिसकेकोले दिनहुँ प्रवेशको लहर छ । महानगरपालिका, उप महानगरपालिका, नगरपालिका र गाउँपालिकाका अध्यक्षहरु समेत नेकपा एमाले रोजिरहेका छन् ।’
एक सय रुपैयाँबाट सुरु गरेको बृद्धाभत्ता चार हजार पुरयाउने,विधुवा अपाङग बालबालिका र अशक्तहरुको सेवा गर्ने सडक कृषि शिक्षा स्वाथ्य र देशको आर्थिक अवस्था मजबूत बनाउनुको साथै राष्ट्रियता र जनजीविकाको सवालमा गरेको कामले नेकपा एमालेलाई जिताउन मधेशका जनताले मुड बनाई सकेको नेता श्रेष्ठले तर्क गर्नुभयो ।
सामन्तवाद र यथास्थितिवादको नेतृत्व गर्ने नेपाली काँग्रेसको पिछलग्गु भएर प्रचण्ड माधव नेपालले कम्यनिष्ट चरित्र त्याग गरेको नेकपा एमालेको केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले भन्दै स्थानीय चुनवा अवसर र चुनौती दुबै रहेकोले पार्टीका हरेक नेता कार्यकर्ता सक्रिय हनपर्नेमा जोड दिनुभयो ।
देशैभरीमा थानीय तहमा कहि जनपक्षीय काम भएको हो भने त्यो लहान नगरपालिका रहेको केस तथा सिरहा इन्चार्ज रामपृत रामले बताउनुभयो । उहाँले भन्नुभयो,‘लहानमा विकास विरोधीहरुलाई परास्त गर्न र विकासप्रेमीहरुलाई जिताउन एमाले बाहेक अर्को विकल्प छैन । कुनै वेला प्रचण्डले विज्ञप्ती निकाल्दा देशहल्थ्यो तर आफनै काररणले यति वेला प्रचण्ड सडक छाप बनेको छ । कम्युनिष्ट पार्टीको मूलधार नेकपा एमाले रहेकोले देशैभरीमा माओवादी छाडेर एमालेमा प्रवेशको लहार छ ।’
राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा लहान नगरप्रमुख मुनि साहले हाम्रो लहान समृद्ध लहानको नारामा उत्रेर लहान नगरपालिकाको विकासमा अघि बढाएको भन्दै प्रतिवद्धता गरेको ९० प्रतिशत काम गरेरे देखाएको दाबी गर्नुभयो ।
केन्द्रिय सललाहकार समितिका सदस्य तथा सिरहा–१ क प्रदेशसभाका सदस्य लगनलाल चौधरीले २३ वर्ष काँग्रेसले सत्ता चलाएर देशलाई कङगाल बनाएको प्रष्टयाउँदै सुशासन विकास र सामाजिक न्यायको लागि मधेश प्रदेशका जनताले नेकपा एमालेलाई जिताउन आतुर रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कमिटिका अध्यक्ष चन्देश्वर मण्डल, प्रदेश कमिटिका सदस्य मागैन कामैत, प्रदेश कमिटि सदस्य राजेन्द्र प्रसाद चौधरी,लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरी केस रामरति रामले दिनु भएको शुभकामना मन्तव्यमा लहानको समृद्धि र विकासको लागि वर्तमान मेयर उपमेयरको नेतृत्वले लहानमा गरेको कामबाट जनता खुसी भएकोले लहान फेरि एमालेको बलियो किलला बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी आफ्रनै पुरानो घरमा डा. महादेवा साह, नेकपा संयुक्त मानन्धर समूहका पोलि६व्युरो सदस्य ब्रम्हदेव मण्डलर जनता समाजवादी पार्टी परित्याग गरी देवनारायण यादवलहान–१५ बानोकी समुन्द्री चौधरी,मालादेवी चौधरी र भोजनी चौधरी र लहान–६ का पूर्व वडाध्यक्ष उमेश भुजेल राप्रपा परित्याग गरी नेकपा एमालेमा फर्किन भएको थियो । एमालेमा समाहित हुने सबैलाई योग्यता क्षमता र सक्रियताको आधारमा उपयुक्त जिम्मेबारी दिइने प्रमुख अतिति लिलानाथ श्रेष्ठले विश्वा दिलाँउँदै माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
तिन हजारभन्दा बढी नेकपा एमालेका विभिन्न कमिटिमा आवद्ध नेताहरु र कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा लहान–१ बसपार्कमा सम्पन्न कार्यक्रमको अध्यक्षता नगरकमिटिका अध्यक्ष राज कुमार साहले गर्न भएको थियो भने अतिथिहरुलाई स्वागत नेकपा एमाले नगरकमिटि सचिव बीरेन्द्र चौधरीले गर्नु भएको थियो ।
शभकामना आदान प्रदान कार्यक्रमको तयारीमा राष्ट्रिय युवा संघका जिल्ला सचिव जगदीश चौधरी , लहान नगर अध्यक्ष वेद प्रकाश साह रनगर इन्चार्ज विलेक्षण कामैतले व्यवस्थापनमा सक्रिय रहनु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A