एमाले जिते मात्रै समाजमा समृद्धि : पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठ

  • वैशाख ५, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

बैशाख ५ गते । नेकपा एमालेको पोलिटब्युरो सदस्य,मधेस प्रदेशको सह-इन्चार्ज लिलानाथ श्रेष्ठले एमालेले जिते मात्रै समाजमा समृद्धि र विकास हुने बताउनु भएको छ । नेकपा एमाले सिरहा जिल्ला कमिटिमो पूर्ण बैठकलाई सिरहाको दहिपौरीमा सम्बोधनको क्रममा यस्तो बताउनु भएको हो । 

मधेस प्रदेशमा एमाले ठूलो पार्टी बन्न गइरहेको भन्दै उहाँले सिरहा जिल्लाको समृद्धि र विकासको लागि १७ वटै पालिकामा नेकपा एमाले स्थानीय चुनावमा बलियो हुनुपर्ने बताउनुभयो । 

नेता श्रेष्ठले थप्नुभयो,'गठबन्धन केहि पनि होइन,कसैले भत्काउनु पर्दैन आफै भत्किरहेको छ । एमालेको पक्षमा अझै जनलहर सृजना गर्न एमालेको नेता कार्यकर्ता नैतिकवान भएर जनताको घरघरमा पुगेर पार्टीको सन्देस पुरयाउन आवश्यक छ ।'

'जनताले बुझिसकेका छन्,देशको विकास एमाले बाहेक कसैले गर्न सक्दैन । एमाले भनेको सबै समुदायको साझा पार्टी हो',सबैको भरोसा अनि आशाको केन्द्र पनि,उहाँले प्रष्टयाउनुभयो ।

नेकपा केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले सिरहा जिल्ला एमालेको किल्ला फेरि साबित गर्न एमालेको हरेक तहको नेता कार्यकर्ताले गफ होइन,कामले जित्ने बेला आएको बताउनुभयो । एमालेले चुनाव जित्न पार्टीको नीति चुनावी घोषणापत्र र उम्मेदवारको कार्यशैली हुने उहाँले बताउनुभयो । 

जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले केन्द्रको अन्तर पार्टी निर्देशन,मधेस प्रदेशको अन्तर पार्टी निर्देशन लगायत उम्मेदबार चयन गर्ने मापदण्ड सुनाउनु भएको थियो ।

३० गते बैशाखमा हुने स्थानीय निर्वाचनमा आफ्नो पालिकामा पार्टीको सांगठनिक अवस्था र जीतको आधारबारे १७ वटै पालिकाका इन्चार्जहरुले रिपोर्टिङ गर्नु भएको थियो । कार्यक्रममा सिरहा जिल्लाबाट मधेस प्रदेश कमिटिमा मनोनित भएका सदस्यहरुलाई प्रमुख अतिथि श्रेष्ठले गम्छी ओढाएर सम्मान गर्नु भएको थियो । 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A