फिरोज सिद्दिकी,
लहान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह निर्वाचनका लागि लहान नगरपालिकामा मेयर/उपमेयरसहित २४ वटै वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गरेको छ ।
एमालेका तर्फबाट लहानको मेयरमा पुनः विकास प्रेमी नेता मुनि साह सुडी तथा उपमेयरमा सरियार कुमारी चौधरीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
एमाले जिल्ला पार्टी कार्यालय लहानबाट र्यालीसहित उम्मेदवारी दर्ताका लागि उम्मेदवार तथा कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
यस पटक एमालेले दलीय गठबन्धनविरुद्ध खडा गरेको छ । एमालेबाट मेयरका प्रत्याशी साह विकास प्रेमी अनुभवी नेताका रुपमा आफ्नो छवि बनाउनु भएको छ ।
त्यस्तै लहान नगरका लागि मेयर पदका उम्मेदवारहरुमा नेपाली कांग्रेसबाट महेश प्रसाद चौधरी, रा प्र पा बाट सूर्य कुमार साह, समाजवादी एकता पार्टीबाट पशुपति सिंह, लो स पा बाट महमूद आलम मियाँ, नेकपा एकीकृत समाजवादी पार्टीबाट विनोद कुमार साह, जनमत पार्टीबाट बालेश्वर यादव, नेपाल मजदुर पतिबाट हरिनारायण महतो र बहुजन स पा बाट श्याम कुमार मेस्तरले उमेदवारी दर्ता गराएका छन् ।
यसैगरी उपमेयरका उम्मेदवारहरुमा ज स पा बाट राम चलितर महतो, रा प्र पा बाट सुषमा कुमारी यादव, समाजवादी एकता पार्टीबाट अमालेश देवी दनुवार्नी, नेकपा ए स बाट कञ्चन चौधरी, जनमत पार्टीबाट लिलाम देवी ठाकुर, नेपाल मजदुर बाट रञ्जु कुमारी सिंह र लो स पा बाट संसदीय देवीले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय लहानले जनाएको छ ।
मेयर पदका लागि १२ जनाले स्वतन्त्र उमेवारी दिएका छन् भने ५० भन्दा बढी बिभिन्न पदका उम्मेदवारहरुको फाइल त्रुटिका कारण दर्ता हुन सकेको थिएन ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A