मतदाताले विकासप्रेमी मेयर भन्दै गरेको सम्मान जित्ने आधार : मुनि साह

  • वैशाख १९, २०७९
  • समृद्धिपथ
alt


नेकपा एमालेबाट लहान नगरपालिकाको लागि नगरप्रमुख (मेयर) पदको उम्मेदबार मुनि साहसँग पत्रकार जीवछ उदासीले गरेको छोटो कुराकानीको अंश


२०७४ सालमा मेयर भएपछि जनतासँग गरेको प्रतिवद्धता कति पुरा गर्नुभयो ?

–२०७४ सालमा मेयरको उम्मेदबार भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेका छौ । बाधा व्यबधान र अवरोधलाई हटाँउदै गरेको विकासको कार्यहरु कसैसँग लुकेको छैन । १० प्रतिशत कार्यमा चिडियाखाना,हवाइमैदान निर्माण लहान नगरपालिकाको बजेटबाट संभव छैन् । यसको लागि प्रदेश र केन्द्रसँग समन्वय गरयौ । प्रदेश र संघमा अनुकूल सरकार नभएपछि सफल हुन सकेन । तर, यस प्रयासलाई छाडेका छैनौ ।

केहि गौरवका आयोजनाहरु सञ्चालनमा ल्याउने प्रतिवद्धताहरुबारे बताइ दिनुस न ?

– २०७४÷७५ देखि हालसम्म नगर गौरवका आयोजना अन्तर्गत सञ्चालित कार्यक्रमहरुमा सलहेस दिनाभद्री शपिङग शपिङग कम्प्लेक्स भवन लहान १,विद्यापति भानुभक्त वाचनालय लहान–७ ,खुटी नहर निर्माण कार्य,घण्टाघर निर्माण,नगर विकास फेज –१ सम्पन्न,दोस्रो फेजको कार्य सुरुवात,नगरबस खरिद तथा सञ्चालन,झण्डापार्क निर्माण तथा अन्य पार्कहरु निर्माणधिन,रिङगरोड निर्माण कार्य शुभारम्भ,कृषि विद्युत महसुल सतप्रतिशत छुट र मलिटमिडिया एलइडी सूचना पार्टी सञ्चालन रहेका छन् ।

सबै विकासभन्दा भौतिक पूर्वाधारको विकास प्राथमिकता रहेको अवस्थामा यसतर्फ के के कार्यहरु गर्नुभयो मेयर सहाव ?

–भौतिक विकासतर्फ ४३ वटा कार्यहरु सम्पन्न भएको छ । जसमा पीच सडक निर्माण ३५ किलोमिटर,आरसिसि, पिसिसि सडक निर्माण २८ किलोमिटर,सडक ग्राभेल कार्य ८० किलोमिटर,कृषि माटे सडक निर्माण ४० किलोमिटर फुटपाथ पेभिङग,सामुदायिक भवन १४ ,हाट बजार व्यवस्थापन पसल निर्माण,सभा भवन ,वडा कार्यलय ३, लगायतका रहेका छन् । सबै कार्यक्रमहरु संक्षिप्त प्रगति विवरण पुस्तिकामा उल्लेख रहेको छ ।

तपाईले पटक–पटक सार्वजानि मञ्चहरुमा समेत भन्दै आइरहनु भएको छ कि विकास निर्माण कार्यलाई केहि राजनीतिक दलहरुले अवरोध गर्दै आइरहेको छ । ती विकासका के के हुन् ?

–सहि प्रश्न गर्नुभयो । यसबारे नगरवासीलाई बुझ्न र बुझाउन आवश्यक छ । लहान–५ को नयाँ बजारलाई आधुनिक नयाँ बजार निर्माण ,श्मसानघाट निर्माण कार्य,फोहरबाट मोहर बनाउने फोहोर व्यवस्थापन केन्द्र र बस पार्क सञ्चालनमा अवरोध गर्ने कार्यमा अवरोध गर्दा ३२ करोडको आयोजनाहरु सफल हुन सकेको छैन । अदालती र राजनीति झमेला सृजना गरेर लहानको विकास देख्नै नसक्ने केहि दलका नेताहरुको अनुहार लहानका विवेकी जनताले राम्रैसँग चिनेका छन् । तर, यी योजनाह सफल पारेरै छाडन फेरि लहान नगरवासी मतदाता जनताहरुको आपार माया स्नेह पाएर फेरि मेयरको उम्मेदबार भएको छु ।

तपाई यतिबेला घरदैलो कार्यक्रम अन्तर्गत टोला टोला बस्ती बस्तीमा गइरहनु भएको छ । मतदाताहरुले कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? मेयर सहाव ।

–घर दैलोमा जाँदा मतदाताहरुले सकारात्मक प्रतिक्रिया देखाइरहेका छन् । बोलेको कुरा पुरा गर्ने , गफ मात्रै गर्ने होइन , काम गरेर देखाउने विकास प्रेमी मेयर भन्दै नेकपा एमालेको सम्पूर्ण उम्मेदबारहरुलाई जितउछौ तपाई ढुक्क हुनुस मतदाताहरुले भनिरहेका छन् । लहानका जनताले विकास र निकास चाहेको छ जुन तपाइकै नेतृत्वमा संभव भइरहेको भन्दा आउने समयमा अझै राम्रो गर्ने मनोवल बढेको छ ।

तपाइले निर्वाचित भएपछि पहिलो के कामलाई प्राथमिकता दिनुहुन्छ ? प्रष्ट गरि दिनुस न ।

–हाम्रो लहान समृद्ध लहान,शिक्षा, स्वास्थ्य पर्यटन, सामाजिक न्याय र पूर्वाधार ः विकासको आधार भने नारालाई कार्यान्वयन गर्न गाँउलाई शहर उन्मुख, शहरलाई स्मार्टसिटी बनाउन कार्यलाई निरन्तरता दिँदै गल्ली गल्लीमा ढलान र मुख्य सडक पीच निर्माण कार्य अघि बढाउने छौ । दलितहरुको व्यवस्थित बसोवास, शौचालय निर्माण कार्यलाई अघि बढाँउदै फुस घर विस्थापति गरी जनताले छाएरको सिरक्षित आवास कार्यक्रलाई पनि प्राथमिकतामा राख्दै शिक्षा , स्वास्थ्य, कृषि पर्यटन विकासमा कार्य गर्ने छौ ।

विगतको निर्वाचनमा जनतासँग भेट्न जाँदा र यस पटक घर दैलो कार्यक्रममा जाँदा खास अन्तर के देख्नु भएको छ ? बताइ दिनुस न ।

–२०७४ सालमा २०५४ सालमा गरेको विकास देखेर मौका दिएको थियो भने अहिले हाम्रो लहान समृद्ध लहानको नारा कार्यान्वयन गर्न गरेको विकासको कामलाई समर्थन गरेर लहानको विकासलाई तीब्रता दिन र अधुरा कार्यहरु पुरा गर्न हँसिलो अनुहारमा विकास प्रेमी मेयर भनेर नेकपा एमालेको उम्मेदबारहरुलाई अत्यधिक मतले विजय गराउने विश्वास व्यक्त गरि रहेका छन् । विकासको मुद्धामा मतदान गर्ने मतदाताको म्ड पाएको छु ।

 

 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A