लहान २३ मा एमाले काँग्रेसबीच चुनावी भिडन्त

  • वैशाख २०, २०७९
  • समृद्धिपथ
alt

 

जीबछ उदासी 

लहान,बैशाख २० गते ।

लहान २३ मा चुनाव नजिकिँदै गएपछि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली काँग्रेसबीच चुनावी भीडन्त हुने अवस्था देखिएको छ ।

३१८८ मतदाता रहेको यस वडामा नेकपा एमालेको युवा उम्मेदवार अशेश्वर यादव र नेपाली काँग्रेसका कन्हैया उम्मेदबार कन्हैया प्रसाद गुप्ताबीच आमने सामुने टक्कर हुने स्थानीय मतदाताहरुले बताइएका छन् । 

लगातार तीन पटक निर्वाचित हुनु भएको गुप्ता चौथो पटक उम्मेदबार हुनु भएको छ । २०७४ सालमा गुप्तालाई नेकपा एमालेको उम्मेदबार बद्री नारायण यादवले टक्कर दिनु भएको थियो । 

एमालेबाट पहिलो पटक उम्मेदबार हुनु भएको अशेश्वर यादव निम्न वर्गीय किसान परिवारको भएकोले गरीव दलित मजदुर युवा महिलाले खुलेर समर्थन गरेकोले जीत निश्चित रहेको ठकन साफी बताउनुहुन्छ। 

काँग्रेसको गढमा एमालेको मत दिनानुदिन बढ्दै जानुले युवा नेता अशेश्वर यादवलेको जित सुनिश्चित हुन गइरहेको एमाले जिल्ला कमिटि सदस्य करैया निवासी रमेश परसैला (दिलिप)को बुझाइ रहेको छ । 

एकिकृत समाजबादी र जनता समाजवादीको गठबन्धनबाट छाता चिन्ह लिएर उमेदवार हुनु भएको बद्री नारायण यादव तेस्रो स्थानमा अहिले देखिएपनि तीनै दलबीच प्रतिस्पर्धा हुन सक्ने संभावनालाई नकार्न नसकिने स्थानीय मतदाताहरुले मत राखेका छन् ।

 

 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A