जीबछ उदासी
बैशाख २१ गते । लहान नगरपालिका ६ नम्बर वडामा एमाले मजबुत हुँदै जीतको नजिक पुगेको चर्चा चलेको छ । नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि रजनी पासवान र नगर कमिटि सदस्य राम खेलौना पण्डित काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसबाट वडा सदस्यमा थोरै मतले पराजित हुनु भएको रजनी पासवानले एमाले प्रवेशगर्दैभन्नुभयो,'इमानदार नेता कार्यकर्ताहरुको काँग्रेसमा कुनै भविष्य नरहेकोले एमालेमा प्रवेश गरेका छौ ।' लहान -६ मा मेयर उपमेयर वडाध्यक्ष र वडा सदस्यहरु यस वडामा अत्यधिक मत पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
२०७४ सालको स्थानीय निर्वाचनमा ४२ मतले मात्रै पराजित हुनु भएको एमाले उम्मेदबार भरत सहनीको पक्षमा यस पटक जन लहर देखिन थालेको छ ।

लहान- ६ मा एमाले काँग्रेसबीच प्रतिस्पर्धा भएपनि एमाले सजिलै जित्ने काँग्रेस परित्याग गरी एमाले प्रवेश गर्नु भएको राम खेलौन पण्डितले विश्वास व्यक्त गर्नुभयो।
लगातार दुई पटक २०५४ र २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा अरुण केसीले जीत हासिल गर्नुभएको केसी यस पटक रमेश गौतमलाई उम्मेदवार बनाएको हो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A