जीबछ उदासी
लहान,बैशाख २१ गते ।
चुनाव नजिकिँदै गएपछि लहान -११ मा एमाले झन् मजबुत हुँदै गएको छ । एमालेको गढ रहेको यस वडामा एमाले कमजोर हुने सवाल नै नउठ्ने एमालेका वडा अध्यक्षका उम्मेदबार राजेन्द्र प्रसाद साहले समृद्धिपथ अनलाइनलाई बताउनु भएको छ ।
लहान-११ मा मेयरका उम्मेदबार मुनि साह सुँडी र उपमेयरका उम्मेदबार सरियार कुमारी चौधरी समेत घर दैलोमा सहभागी हुनु भएको थियो ।
२०४६ यता निरन्तर रुपमा एमाले जित्दै आइरहेको यस वडामा वर्तमान एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साह २०७४ सालको स्थानीय चुनावमा प्यानल सहित वडा जित हात पार्नु भएको थियो । लहान नगरपालिकामा नै ११ नम्बरमा नमुना कार्य भएकोले यस वडामा एमाले सजिलै जित्ने स्थानीय शिक्षक काशिन्द्र प्रसाद साहले बताउनुभयो ।
विकास र पार्टीको सैद्यान्तिक पक्षलाई महत्व दिँदै मतदान गर्ने यस वडामा एमाले झन् मजबुत भएको सदस्य पदको उमेदवार जगदीश चौधरीले ११ नम्बर वडा लालकिल्ला रहि रहने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एमालेको पुरानो नेता नेताजी राजेन्द्र प्रसाद चौधरी,मागैन कामैत, उपमेयरका उम्मेदबार सरियार चौधरीको र नगर कमिटि अध्यक्ष राज कुमार साहको वडा भएकोले एमाले कमजोर हुने प्रश्नै न उठ्ने त्यस वडाका मतदाताहरुको भनाई रहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A