लहान ३ मा एमाले दिनप्रतिदिन बलियो हुँदै

  • वैशाख २१, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,बैशाख २१ गते । 

लहान नगरपालिकामा नेकपा एमालेको पक्षमा देखिएको जन लहारले दिनप्रतिदिन बलियो हुँदै गएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा थोरै मतले पराजित हुनु भएको राजेश चौधरी यसपटक सुरुदेखि नै थालेको तयारीले जीतको नजिक पुग्न लाग्नु भएको हो । 

२२ सय मतदाता रहेको लहान ३ मा अहिले एमाले,काँग्रेस र जसपाकोबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएपनि अन्तत: एमाले काँग्रेसबीच दुई पक्षीय प्रतिस्पर्धामा नेकपा एमालेका सबै उम्मेदबार शानदार रुपमा बिजय हुने लहान- ३ का राम सेवक ठाकुरको बुझाई रहेको छ ।

नेपाली काँग्रेसबाट रामदयाल महतोले २०७४ सालको निर्वाचनमा झिनो मतले जित हासिल गर्नु भएको थियो । वडा अध्यक्षमा महतोले जीत हासिल गरेपनि ४ जना सदस्य तत्कालिन संघीय समाजबादी पार्टीले जितेको थियो । जितेका चार सदस्यहरु मध्ये तिन जना सदस्यहरु राजाराम महतो,महिना पासवान,विसुन महतो लगायत सयौ जसपाका नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरि सकेका छन् । 

युवा शालिन भद्र र विकासप्रेमी स्वभावका राजेश कुमार चौधरीलाई जिताउन त्यस वडाका मतदाताहरु सक्रिय भएर लागेको एमालेका नगर कमिटि सदस्य नथुनी महतोले बताउनुभयो । 

 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A