जीबछ उदासी
लहान, बैशाख २२ गते । लहान-१० मा नेकपा एमालेको उम्मेदबार मन्टी मण्डलको पलरा भारी देखिएको छ । अहिले सम्मको अवस्थामा एमाले उम्मेदबार मण्डल नेपाली काँग्रेसको उम्मेदबार अम्बु मिश्र र एकिकृत समाजबादीको उम्मेदबार कृष्णहरि गैरेलभन्दा निकै आगाडी रहेको स्थानीय मतदाताहरु बताउछन् ।
एक हजार १८ मतदाता रहेको त्यस वडामा २०७४ सालको निर्वाचनमा समेत जीत हासिल गर्नु भएको मण्डल आफ्नो कार्यकालमा वडाको विकासमा निकै सक्रिय रहनु भएकोले उहाँको लोकप्रियता बढेको स्थानीय जोगी पासवानले बताउनुभयो ।
जनताको स्नेह मायाले नै पुन: उम्मेदबार भएको वडाअध्यको उमेदवार मण्डलले भन्दै हरेक समुदायको मतदाताले एमालेको पक्षमा मतदान गर्न इच्छा देखाएको बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A