बिशाल जनसहभागिताले एमालेका उम्मेदवारहरुको जीत सुनिश्चित बन्दै

  • वैशाख २३, २०७९
  • समृद्धिपथ
alt

लहान । चूनावी परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुहरुले घरदैलो अभियान र प्रचार प्रसारलाई तिव्रता दिएका छन् । लहान नगरपालिकामा अन्य दलहरुको तुलनामा घरदैलो अभियान र प्रचार प्रसारमा एमाले हालको अवस्थामा निकै अगाडि बढेको छ । हरेक वडामा चारसयदेखि पाँचसयको सहभागितामा घरदैलो उत्साहजनक हुँदै गएकोले उम्मेदवारहरु पनि जीतको सुनिश्चिततातर्फ उन्मुख हुन थालेका छन् ।

यसैवीच लहान नगरपालिकाको १० नं. वडामा बिहीवार बिहान भब्य रुपमा घरदैलो अभियान सम्पन्न भएको छ । करिब ४ सयभन्दा बढी महिला पुरुषहरुको सहभागितामा भएको घरदैलो अभियानको नेतृत्व एमाले लहान नगर कमिटीका सह-इन्चार्ज एवं वडा १० का वडाध्यक्षका उम्मेदवार मण्टी कुमार मण्डल, जिल्ला कमिटी सदस्य प्रकाश के.सी., शिव तामाङ्ग, वडा कमिटीका अध्यक्ष बिन्देश्वर पासमान, स्थानीय नवीन कार्की लगायतले गर्नुभएको थियो ।

सोही क्रममा सो वडाको गुदिगाउँमा जम्मा भएका करिब ५ सयभन्दा बढी जनसहभागीहरुलाई मेयरका उम्मेदवार मुनि साहले सम्बोधन गर्ने क्रममा वडा नं. १० लाई एमालेको गढको रुपमा चिनाउन र वडालाई जितको सुनिश्चित अवस्था पुर्‍याउन कार्यकर्ताको उत्साहजनक सक्रियताप्रति धन्यबाद दिनुभएको थियो ।

वहाँले आफू यस वडाप्रति आभारी रहेको र स्थानीय सरकार हाक्ने मौका पुनः पाएको अवस्थामा वडा नं. १० लाई नगरकै एक नमूना स्थलको रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो । अघिकांश दलित, भूमिहीन समुदायको बसोबास रहेको वडा पनि भएकोले भूमिहीनहरुको समस्यालाई सम्बोधन गर्न र रोजगारीको बैकल्पीक अवसरहर सृजना गर्न आफूले बिशेष ध्यान दिने उहाँको भनाई थियो ।

स्थानीय निर्वाचन २०७४ मा पनि बिजयी हासिल गरेको सो वडामा अघिल्लो निर्वाचनभन्दा अघिक मतको अन्तरले यस पटक पनि बिजयी हुने वडा कमिटीका अध्यक्ष बिन्देश्वर पासमानको दावी रहेको छ ।

प्रचार प्रसारकै क्रममा वडा नं. १८ मा समेत स्थानीयले अनुमान गरेभन्दा बढीको जनसहभागितमा घरदैलो र प्रचार प्रसारको कार्यक्रम भएको छ । मेयर उपमेयर पदका उम्मेदवार मुनि साह र सरियार चौधरी, वडाध्यक्षका उम्मेदवार मो. शमसेर लगायतको नेतृत्वमा उक्त घरदैलो अभियान सम्पन्न भएको थियो ।

बिगतमा एमालेबाट निर्वाचित वडाध्यक्ष मो. सम्शेरको बिकासको कार्यहरु सकारात्मक रहेकोले र एमाले अनुशासित पार्टीको रुपमा स्थापित भएकोले यस पटक पनि वडामा एमालेकै बिजय निश्चित जस्तै रहेको स्थानीय बुद्धिजीवी मो. नुरुलले बताउँनु भएको छ ।

त्यसैगरी वडा नं. १५ स्थित ढोढनामा समेत बिहीवार स्थानीय जनताको बिशाल जनसहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

एमालेबाट मेयर, उपमेयरका उम्मेदवार मुनि साह र सरियार चौधरी, युवा संघ लहान नगर कमिटीका सचिव बिरेन्द्र चौधरी, वडाध्यक्षका उम्मेदवार जागेश्वर चौधरी लगायतले नेतृत्व गरेको सो घरदैलो अभियानमा ५ सयभन्दा बढीको जनसहभागिता रहेको थियो।

अघल्लो निर्वाचनमा झिनो मतको अन्तरले बिजय हुन नसके पनि यस पटक भने जित्ने आकलन गरेको र त्यसको प्रशस्तै आधारहरु रहेको युवा संघका नगर सचिव एवं स्थानीय बिरेन्द्र चौधरीले बताए। राजदेवी मन्दिरसम्म कालोपत्रे सडक निर्माणमा निवर्तमान मेयरको चासो रहनु, बिद्यालयको शैक्षिक गुणस्तर र प्रबिधिमा सहयोग, बाटोघाटोको बिकास, खानेपानीको बिकास लगायतमा नगरपालिकाले बढी ध्यान दिएको हुँदा बिकासबादी नेता र पार्टीको रुपमा वडामा धेरैको रोजाई एमाले भएकोले जित हासिलको सुनिश्चितता रहेको उपमेयरकी उम्मेदवार सरियार चौधरी बताउनुहुन्छ ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A