जीबछ उदासी
लहान, बैशाख २३ गते । लहान नगरपालिकाको मेयर पदको उम्मेदबार मुनि साह सुडीले लहान नगरपालिकाको उत्तरी भेगमा चुरे पहाडसम्म जोडिएको यस भेगलाई सुगम बनाउन यातायात र खानेपानीको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वताउनु भएको छ ।
२०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको भन्दै लहान १६ का जनताहरुको यातायात र खानेपानीको सबै समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो ।
मेयरको उम्मेदबार साहले भसुवा भामरे ओदाले तीनतले सम्म सडक निर्माण र वस सेवा पुर्याएर खानेपानी र मोबाइलको टावर व्यवस्था गर्ने दृढता व्यक्त गर्नुभयो
साहले थप्नुभयो,'बजेटले भ्याएसम यस वडामा विद्यालय निर्माण,अलमले खोलामा पुल निर्माण भएको छ ।'लहान १६ लाई सुन्दर सम्पन्न र व्यवस्थित वडा बनाउने उहाँले विश्वास दिलाउनुभयो ।
घरदैलो कार्यक्रममा नेकपा एमाले केस तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादव,केस ममता गिरी, केन्द्रीय सल्लाहकार कमिटि सदस्य तथा प्रदेशसभा सदस्य लगनलाल चौधरी लगायका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A