लहान । नेकपा एमाले लहानले निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । विहिबार लहान नगर कमिटीले स्थानिय तह निर्वाचनका लागि ‘हाम्रो लहान समृद्ध लहान’को नारा सहित प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी तयार पारिएको प्रतिवद्धता पत्र नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साह र नगर प्रमुख पदका उम्मेदवार मुनि साहले सार्वजनिक गर्नुभयो ।
एमालेको लहान नगर सरकारले ५ बर्षमा गरेका काम र केही पुरा गर्न नसकेका बाँकी काम पुरा गर्ने प्रतिवद्धता घोषणा पत्रमा राखिएको छ । नगर सरकारले जनताको आर्थिक बृद्धि, स्थानिय न्याय, शिक्षा, स्वास्थ्य, सुचना तथा प्रविधि, कृषि, पर्यटन, पुर्वाधार विकास, सहकारी तथा गरिवी निवारण, उद्योग खानेपानी, महिला बालबालिका तथा जेष्ठ नागरिक, सामाजिक सुरक्षा, युवा स्वरोजगार कार्यक्रम तथा खेलकुद विकासमा महत्वपुणर् कार्य सम्पन्न गरेको र ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा लाई पुरा गर्न तथा ‘हाम्रो लहान समृद्ध लहान’को थप प्रतिवद्धता सहितको चुनावी प्रतिवद्धता-पत्र सार्वजनिक गरिएको छ ।
प्रतिवद्धता पत्रमा भनिएको छ- आउँदो २०७९ साल बैशाख ३० गते हाम्रो देशमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । हाम्रो गौरवशाली पार्टी ने.क.पा (एमाले) का श्रद्धेय अध्यक्ष क.केपी शर्मा आलीको नेतृत्वको सरकारले “सम्वृद्घ नेपाल सुखी नेपाली” नीति अंगीकार गरी राष्ट्र्रनिर्माणको पुर्वाधार विकासको सपनालाई साकार पार्न हुलाकी मार्ग स्तरीकृत, मध्यपहाडी मार्ग निर्माण, पूर्वपश्चिम राजमार्ग विस्तार, लुम्बिनीमा अन्तर्राष्ट्रीय हवाइफिल्ड निर्माण, जनकपुर रेलवे सञ्चालन, सिंचाईको लागि कोशी डाइभर्सन सिलान्यास, लिपुलेक र कालापानी समावेश गरी नयाँ नेपालको नक्शा जारी गरी राष्ट्र्रीय स्वाभिमान उठाउने काम, प्रत्येक प्रदेसमा शिक्षण अस्पताल स्थापना गर्ने योजना अनुसार कार्य प्रारम्भ, स्वास्थ्यविमा प्रारम्भ, दलित वस्ती विकास जस्ता राष्ट्र्रीय गौरवका कामहरु गर्दै राष्ट्रको ख्यातीलाई बढाउने काम गर्दै अगाडि बढेको सर्वविदितै छ ।
२०७९ सालको स्थानीय तह निर्बाचन अन्तर्गत लहान नगरपालिकामा पार्टीले क.मुनी साहको नेतृत्वको टिमलाई निर्वाचित गराउनु भएकोमा पुनः आभार तथा धन्यवाद ब्यक्त गर्दै त्यसबेला जारी गरेका लगभग ९० प्रतिशत कार्य पूरा गरिसकिएको र केही कार्यान्वयनको अवस्थामा रहेको जानकारी गराउँद छौं । हामीले यस अवधीमा पूरा गरेका कार्यहरुको विवरण समेत संकलन गरी सम्पूणर् नगरवासी दाजुभाइ दिदीबहिनीको जानकारीका लागि विनम्राताकासाथ प्रस्तुत गरेका छौँ ।
ने.क.पा. (एमाले) को नीति अनुसार स्थानीय तहबाटै आधारभूत विकासका पूर्वाधारहरु निर्माण गर्दै शिक्षा, स्वास्थ्य, सिंचाई, बाटोघाटो, बजार व्यबस्थापन तथा विस्तार, पर्यटन विकास, नदिकटान नियन्त्रण, सरसफाईका साथै मानवीय विकासका क्षेत्रमा समेत स्थानीय तहबाटै जिम्मेवारी पूरा गर्न हाम्रो पार्टी एमालेले पुनः मुनी साह सुडीको नेतृत्वमा उपमेयर सहित २४ वटै वडामा वडाअध्यक्ष लगायत सदस्यहरुको टिमलाई अगाडि बढाएको छ र यहाँहरुसंग एमालेका सूर्य छापका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउँदै स्थानीय विकासमा नेतृत्व गर्ने अवसर दिनुहुन सादर अनुरोध गर्दै यस राष्ट्र निर्माणको महान लक्ष्यलाई पूरा गर्न हामी तपाईंहरुको साथ र सहयोगको अपेक्षा गर्दछौँ प्रतिवद्धता-पत्रमा लेखिएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A