विजुली तथा खाने पानीको शुल्क उपलब्ध गराउँछौं : मुनि साह

  • वैशाख २४, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेकपा एमाले लहान नगरपालिकाको मेयर उम्मेदवार मुनि साहले नगर भित्रका दलित परिवारलाई विजुली तथा खाने पानीको न्युनतम शुल्क नगरपालिकाले उपलब्ध गराउने व्यवस्था मिलाउने बताउनु भएको छ । लहानमा घर दैलो कार्यक्रम गर्दै उहाँले यस्तो बताउनु भएको हो । आफ्नो पार्टी जितेमा लहान नगरबाट अस्पताल सञ्चालन गर्ने योजना रहेको भन्दै शिक्षा, स्वास्थ्य र सफा समृद्ध लहान आफ्नो प्राथमिकताका क्षेत्र भित्र रहेको बताउनु भयो ।

लहान नगरपालिका भित्रको बालबिटौरी र गाउँब्लक जग्गाको लगत कायम गरी खरिदबिक्रिको ब्यबस्था मिलाउन जोडदार पहल गर्ने बताउँदै लागूऔषध नियन्त्रण गर्न विशेष पहलका साथै प्रभावितहरुको सुधारका लागि सुधार गृह सञ्चालन गरिने बताउनु भयो ।

अनाथ बालबालिकालाई संरक्षण दिन तथा पीडितहरुको संरक्षणको लागि सेफहाउसको स्थापना गरी मनोपरामर्शको ब्यबस्था मिलाईने बताउनु भयो । श्रमिक तथा महिलाहरुलाई क्षमता विकास तथा सशक्तीकरणको लागि सीप मूलक तालिम तथा शैक्षिक अभिमूखीकरण कार्यक्रमहरु सञ्चालन गरिने छ भने विपन्न तथा दलितहरुलाई आवास निर्माण तथा फुसको छाना विस्थापित गराई चदराको छाना लगाउने ब्यबस्था गरिने बताउनु भयो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A