लोड भएको पेस्तोलसहित दुई भारतीय समातिए

  • वैशाख २४, २०७९
  • समृद्धिपथ
alt

नेपाल-भारत सीमा क्षेत्रबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सिम्रौनगढ बिओपी र बाहिनीको स्क्वाड टोलीले मोटरसाइकलमा आइरहेका उनीहरुलाई बाराको बस्तवारिया-कर्चौवा सडक खण्डबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारिका २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँका २२ वर्षीय अखलेश कुमार सिंह छन् । उनीहरको साथबाट एउटा चाइनिज पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली, एक थान लोड गरेको म्यागजिन, एक थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बिआर ०१ सी १३१६१ भारतीय नम्बरप्लेटको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुमाथि शंका लगेर चेकजाँच गर्दा उक्त हातहतियार बरामद भएको सशस्त्रले जनाएको छ ।

बरामद हतियार र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई सशस्त्रले आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ पठाएको छ । -जन आस्था

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A