लहान । सिरहाको भगवानपुर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार उग्रनारायण यादव निर्वाचित भएका छन् । उनी ४ हजार ३०२ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याएका छन् । यदव २०७४ को निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै रेखाकुमारी यादव निर्वाचित भएकी छिन् । उनले ३ हजार ९६० मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादवले ३ हजार २१० मत प्राप्त गरिन् ।
५ वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट वडा नम्बर १ मा मिरादेवी यादव, वडा नम्बर २ मा सूर्यनारायण यादव, वडा नम्बर ३ मा विनोद यादव र वडा नम्बर ५ मा अमरलाल यादव वडाध्यक्ष पदमा निर्वाचित भएका छन् भने वडा नम्बर ४ मा जसपाका रामकुमार यादव निर्वाचित भएका छन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A