सिरहामा बाबु-छोराको धारीलो हतियार प्रहार गरी हत्या

  • जेठ ८, २०७९
  • समृद्धिपथ
alt

सिरहा, ८ जेष्ठ। सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्तकुमार पालको गएराती हत्या भएको हो ।

सन्तकुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँले महिलाहरु विवाह गीत गाएर करिव १२ बजे सुतेका बाबु छोराको करिव २ बजे राति हत्या भएको स्थानीयले जानकारी दिए । स्थानीयका अनुसार राती करिव १२ बजेसम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलि सकेको हुनाले २ बजेको आसपासमा घटना भएको हुनसक्ने बताए ।

घरको छुट्टाछुट्टै घरमा बुबा र छोरा सुतेका थिए । उनीहरुलाई सुतिरहेकै ठाउँमा धारीलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ । बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०-१२ बर्षको बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएको बताइएको छ ।

महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका सन्तकुमार इमान्दार र असल छविको युवा रहेको स्थानीयले बताए ।

घटनाको जानकारी पाए लगतै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास ढकालले घटनाबारे तत्काल केही बताउन नसकिने बताए । उनले भने, ‘घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौं, तत्काल घटनाको बारेका केही बताउन सकिन्न।’ प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ। -गमक पोस्टबाट

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A