गोलबजार नगरपालिकामा एमालेको मेयर उपमेयर मा शानदार जीत

  • जेठ १०, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, जेठ १० गते । गोलबजार नगरपालिकाको मेयर उपमेयर दुबै पदमा नेकपा एमाले जीत निकालेको छ । मेयरमा श्याम कुमार श्रेष्ठ र उपमेयरमा मान्ती कुमारी साह निवार्वाचित भएका हुन् । 

मेयर पदमा श्रेष्ठले नेकपा माओवादीका उम्मेदबार देवनाथ साहलाई २,२०७ मतले पराजित गरेको छ । उपमेयरमा मान्ती कुमारी साहले माओवादीकै रेशम कुमारी थापालाई २,०६० मतले पछि पार्नु भएको हो । 

२०७४ सालको स्थानीय चुनावमा देवनाथ साह भन्दा १,३५४ मतले पछि पर्नु भएको श्रेष्ठ यसपटक जीत निकाल्न सफल हुनु भएको छ ।

नेकपा एमालेको जिल्ला उपसचिव समेत रहनु भएको श्रेष्ठ विकासप्रेमी र जनसेवी छवि बनाएकोले शानदार जीत निकाल्न सफल हुनु भएको स्थानीयहरु बताउछन् । 

निर्वाचित भए लगतै समृद्ध सम्पन्न गोलबजार निर्माणको लागि र सामाजिक न्यायको प्रत्याभूति दिलाउन जनभावना अनुसार काम गर्ने समृद्धिपथ अनलाइनलाई बताउनु भएको छ ।

२०७४ सालको निर्वाचनमा ६ पालिका जितेका नेकपा माओवादी केन्द्र मिर्चैया नगरपालिकामा मात्रै जीत हासिल गरेको छ । गोलबजार नगरपालिका जितेपछि सिरहाको १७ मध्ये ९ पालिका जितेर नेकपा एमाले सिरहाको ठूलो दल भएको छ । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A