जनताको सेवक भएर इमान्दारिताका साथ काम गर्छु: राजकुमार यादव

  • जेठ १३, २०७९
  • समृद्धिपथ
alt

लालविहारी यादव,

लहान । लहान नगरपालिका वडा नम्बर २१ का नवनिर्वाचित वडाध्यक्ष राजकुमार यादवले जनताको सेवक भएर इमान्दारिताका साथ काम गर्ने बताउनुभएको छ ।

शुक्रबार लहान २१ कालावञ्जर स्थित पदभार ग्रहण गर्दै अध्यक्ष यादवले आफू जनताको सेवक भएर इमान्दारीपूर्वक काम गर्ने बताउनु भएको हो ।

यस वडालाई समृद्ध बनाउने आफ्नो अभियान रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो - ‘म जनताको सेवक, इमान्दारिताको साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । लहान २१ नम्बर वडालाई समृद्ध बनाउने अभियानमा म निरन्तर इमान्दारीताका साथ काम गर्नेछु भन्ने प्रतिज्ञा गर्छु ।’

पदभार ग्रहण गर्दै वडाध्यक्ष यादवले आफू जनताको सेवक भएर काम गर्ने, सबैको काम समयमै गर्ने, वडा कार्यालयले प्रवाह गर्ने सम्पूणर् सेवा समयमा सम्पनन गर्ने, आफ्नो सुविधा बाहेक एक सुको बजेट निजि स्वार्थमा नलगाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

वडाभरिका बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजिक अगुवा, विभिन्न दलका प्रतिनिधि, संचारकर्मीलगायत वडावासीहरुको उपस्थितिमा वडाध्यक्ष यादव सहित नव निर्वाचित वडासदस्यहरुले पनि पदभार ग्रहण गुर्न भएको छ ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A