सिरहाका मेयर यादव आफैं झारु लिएर सफाई गर्न निस्केपछि

  • जेठ १४, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,जेठ १४ गते । 

सिरहा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएको केहि दिनपछि डा नविन यादव आफै झारु लिएर सरसफाईको लागि निस्कनु भएको छ । 

सुन्दर विकसित सिरहा नगरपालिका बनाउने प्रतिवद्धता गरेर मेयरमा सिरहा नगरवासीले जिताएकोले परिवर्तन र विकासको लागि सधैं अगुवाई गरिरहने उहाँले बताउनु भएको छ । 

मेयर नहुँदा सिरहा स्थित चन्द्र माध्यमिक विद्यालयलाई भौतिक र शैक्षिक परिवर्तनको लागि योगदान गरेकोले सिरहा नगरपालिकाको विकास र समृद्धिको लागि नगरवासीले सुम्पेको जिम्मेबारी पुरा गरि छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरप्रमुख यादवले भन्नुभयो,'शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकताको साथ काम गर्छौ । जिल्लाको सदरमुकाम रहेको सिरहा नगरपालिकाले गर्ने विकास निर्माणले जिल्लाका अन्य नगरपालिका र गाउँपालिका हरुमा पनि विकासको लहर जानेछ ।'

स्वर्गीय सांसद हेम नारायण यादवको पुत्र डा यादव २०७४ सालमा सिरहा नगरपालिकामा झिनो मतले पराजित हुनु भएको थियो । पिताको राजनीति विरासतलाई अघि वढाउन चिकित्सक पेशाबाट नेकपा एमालेका जिल्ला उपाध्यक्ष समेत हुनुहुन्छ ।

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A