तराई मधेशमा ‘बटसावित्री’ पर्व मनाइदै

  • जेठ १६, २०७९
  • समृद्धिपथ
alt

लहान । पतिको दीर्घायुको कामना गर्दै तराई मधेशका जिल्लाहरुमा बटसावित्री ’बरसाइत’ पर्व मनाएका छन्। पतिको लामो आयु तथा दीर्घायु जीवनको कामना गर्दै सोमबार सिरहाको लहानमा पनि विवाहित महिलाले बटसावित्री पर्व मनाएका हुन्।

आफ्ना पतिको दिर्घायु र सु-स्वास्थ्यको कामना गर्दै यस क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन् । वरको बृक्षमा धागो बाँधेर विधीपूर्वक पूजापाठ गर्दै यो पर्व मनाइन्छ ।

FB_IMG_1653908922654

महिलाले बटवृक्षको नजिक पूजा गर्दा पतिको आयु लामो र स्वास्थ्य राम्रो हुने धार्मिक जनविश्वास रहि आएको छ। बटसावित्री पूजालाई मिथिला भाषामा ’बरसाइत’ पनि भन्ने चलन रहेको लहान ९ का व्रतालु लक्ष्मी साहले जानकारी दिनुभयो ।

प्रायः मैलिथ ब्राह्मण र कायस्थ जातिमा मनाइने यो पर्व अहिले मिथिला क्षेत्रका प्रायः सबै हिन्दु विवाहित महिले श्रद्धा पुर्वक मनाउने गरेका छन् ।

प्राचिनकालमा सावित्रिले आफ्नो पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएको धार्मिक विश्वास रहिआएको छ।

जेष्ठ अमावस्या तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती सावित्री र नागनागिनका साथै वरको बोटको पूजा गरी मनाउने गरिन्छ।

FB_IMG_1653908972161

बिहानैदेखि उपवास बसेर स्नान गरी नयाँ वस्त्र धारण गरेर पूजाको थालीमा आँप, केरा, हाते पंखा, मिठाई, चना, काँक्रोलगायतका सामग्री लिएर वरको रुखमुनि पुगेर बरको पूजा गरी प्रसाद सावित्री, नागनागनी र पार्वतीलाई चढाएर पर्व मनाउने गर्छन्।

नवविवाहिता महिलाले यो पर्व पहिलो वर्षमा विशेष पूजा गरेर मनाउँछन्। विवाहिता महिलाले बटवृक्षमा गएर पूजागरी कथा सुन्ने गर्छन्। यस पर्वमा व्रतीले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको बरदान माग्ने परम्परा रहिआएको छ।

वरको रुखको मुलमा ब्रम्हा, विष्णु तथा अग्र भगमा शिवको बास हुन्छ । सावित्री पनि सोही रुखमै प्रतिष्ठापित भएको विश्वास अनुसार यस पर्वको सुरुवात भएकाले बटसावित्री पूजा भन्ने गरिएको हो। पौराणिक कथा अनुसार सावित्रीले सोही रुखमुनि आराधना गरी आफ्नो पति सत्यनावलाई जिवित तुल्याएकी थिइन्।

प्राय ब्राह्मण र कायस्थ जातिमा मनाइने यो व्रतमा नवविवाहिता बेहुलीको घरमा ससुरालीबाट पूजाको सम्पूणर् सामग्री पठाउनुपर्ने चलन छ। पानीमा भिजाएको काँचो चनालाई प्रसादस्वरुप वितरण गर्ने चलन रहेको छ।

FB_IMG_1653908981614

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A