हजयात्रालाई सहज र सुलभ बनाउन नेपाल मुस्लिम इत्तेहाद संगठनको माग, माग पूरा नभए आन्दोलनको चेतावनी

  • जेठ १९, २०७९
  • समृद्धिपथ
alt

सिरहा । साउदी अरेवियाको मक्का मदिना हजगर्न जाने नेपाली हजयात्रीका लागि सरकारले निर्धारण गरेको शुल्क अव्यावहारिक भएको भन्दै सिरहाका मुस्लिम समुदायको ध्यानाकर्षण भएको जनाएका छन् ।

इस्लाम धर्मावलम्बीको पवित्र धार्मिक स्थल मक्कामदिनामा हज गर्न जाने नेपालीका लागि नेपाल हज कमिटीले तोकेको चर्को शुल्कप्रति आपत्ति जनाउँदै नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले तत्काल सच्याउन सरकारसँग माग गरेका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत गृह मन्त्रालयलाई पठाइएको ज्ञापन पत्रमा तोकिएको चर्को शुल्कसम्बन्धी निणर्यको घोर निन्दा एवं भर्तसना गर्दै विगतको भन्दा दोब्बर शुल्क बढाएर सरकारले हजयात्रीको मर्ममाथि ठेस पुर्‍याएको जनाएको छ ।

विगतमा दुई लाख २५ हजारमा गर्दै आएको हजयात्रालाई बढाएर हाल त्यसको दोब्बर चार लाख ६३ हजार तोक्नु आफैँमा अवैज्ञानिक र बेइमानीपूणर् रहेको छ । यसले हजयात्रीको भावनामाथि ठेस पुर्‍याएको छ । धार्मिक आस्थामाथि आँच पुर्‍याउने काम सरकारले गरेको ज्ञापन-पत्रमा उल्लेख छ ।

IMG_20220602_143931

कोभिड- १९ का कारण गत दुई वर्ष हजयात्रा हुन सकेको छैन । यसपटक पनि कोभिड-१९ को जोखिम कम गर्न हजयात्रीको संख्या घटाइएको छ । मक्कामदिनाका थुप्रै आवासका लागि घरहरू खाली रहने भएकाले हाल तोकिएको घरभाडा शीर्षक रकम धेरै हो । मोअल्लिम दस्तुर विगतभन्दा तेब्बर तोकिनु दुर्भाग्य रहेको छ ।

कोभिड- १९ सुरु हुनु भन्दा अगाडी नै हजयात्राका लागि केही हजयात्रीहरुले पहिले नै आवेदनसंगै एक लाख २५ हजार रुपैयाँ बुझाइसकेको छ । आवेदनसँगै पहिले नै रकम बुझाएकाहरूको रकम हज कमिटीले तत्काल फिर्ता गर्नु पर्ने माग ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

नेपाली मुस्लिमहरूको हजयात्रालाई सहज र सुलभ बनाउन संगठनले माग गरेको छ। हजयात्राका लागि निर्धारण गरिएको शुल्क तत्काल समायोजन गरी हजयात्रालाई सहज र सरल बनाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ । माग पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

IMG_20220602_143924 scanner_20220602_142321

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A