शिक्षामा सुधार गर्न प्रतिवद्ध छौ: नगरप्रमुख यादव

  • असार ३२, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

असार ३२ गते । 

सिरहा नगरपालिकामा सामुदायिक विद्यालयको सुधार गरेर समृद्ध सिरहाको अभियान सफल बनाउने सिरहा नगरप्रमुख डा नविन कुमार यादवले बताउनु भएको छ ।

सिरहा नगरपालिकाको ग्रमीण भेगका सामुदायिक विद्यालयको सुधारको लागि सघन अनुगमन थालेको उहाँले बताउनुभयो । 

 संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याउन गृहकार्य भइरहेको नगरप्रमुख यादवले बताउनुभयो । 

नगरप्रमुख यादवले थप्नुभयो,'सिरहाको मुटुमा रहेको चन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर गरेको शैक्षिक सुधारले अहिले मेयरमा निर्वाचित भएँ। समग्र सिरहाको सामुदायिक विद्यालयमा सुधार गर्न सकेमात्र समृद्ध सिरहा बनाउन सक्छौ।'

सदरमुकाम रहेको सिरहा नगरपालिकाले गर्ने विकास र सुधारले अन्य पालिकामा समेत सकारात्मक असर पर्ने भएकोले यसतर्फ ध्यान दिएको नगरप्रमुख यादवले प्रष्टयाउनुभयो । 

 

 

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A