पर्याप्त पानी नपरेपछि मधेशका जिल्लामा धान रोपाइँमा समस्या

  • असार ३२, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

सिरहा । अन्नभण्डारको रुपमा मानिएको मधेश प्रदेशमा सबै भन्दा बढी धान उत्पादन हन्छ । तर धान रोपाइँका लागि समयमा प्रयाप्त पानी नपरेपछि धान रोपाईमा समस्या भएका छन् । प्रयाप्त सिंचाईको अभावका कारण अकाशे पानीको भरमा रोपाइँ हुने गरेको हो ।

असारको पहिलो साता पानी परेका बेला केही ठाउँमा रोपाइँ भए पनि अहिले अत्यधिक गर्मी र पानी अभावका कारण लागाएको बाली पनि सुक्न थाले पछि किसान चिन्तित बनेको छ ।

लहान ९ का किसान संजय कुमार साहका अनुसार असार अन्तिम हुन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको संकट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ ।

उहाँले लहानमा धान रोपाइँका लागि प्रयाप्त पानी परेको छैन् । आकाशे भरमा धान बाली लगाउने गरेका छौं । कडा घाम लागेका कारण खेतमा भएको पानी पनि सुक्न थालेको बताउनु भयो ।

जिल्लामा असारको पहिलो साता परेको पानी तथा सिंचाइ सुवधिा रहेका स्थानमा किसानले रोपाइँ गरे पनि आकासे पानीको भर पर्ने किसानले खेत बााझै राखेका छन् ।

मधेश प्रदेशमा ४ लाख ५ हजार हेक्टर धान खेती योग्य जमिन छ । तर अहिलेसम्म १ लाख ५८ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ । मलखाद, सिंचाई सुविधा नहुँदा र अकाशे पानीको भर पर्दा प्रत्येक वर्ष यस्ता समस्या भोग्नुपरेको किसानहरु बताउँछन् ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A