सिरहाको भगवानपुर स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा शुभारम्भ

  • श्रावण १, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको भगवानपुर स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा शुभारम्भ भएको छ । भगवानपुर वडा नं १ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट इमरजेन्सी सेवा शुभारम्भ भएको हो ।

एक कार्यक्रमकाबीच भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव लगायत प्रमुखत अतिथि, अतिथिहरुले पानशमा बत्ती बालेर इमर्जेन्सी सेवा शुभारम्भ गरेको हो ।

photo_2022-07-17_21-07-17

भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रामशंकर यादव रहेका थिए ।

प्रमुख अतिथि यादवले बोल्दै स्वास्थ्य एकदमै महत्वपूणर् विषय रहेको बताउनु भयो । प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरले इमर्जेन्सी सेवा शुभारम्भ रहेको प्रति खुशी व्यक्त गर्दै दिर्घकालिन संचालनको शुभकामना दिनु भएको थियो । उहाँले गाउँपालिकाले स्वास्थ्य क्षेत्र सुधारका लागि एउटा नयाँ नीति बनाएर अगी बढ्नु पर्ने सुझाव समेत दिनुभएको थियो ।

कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष यादवले ग्रामिण क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै गाउँमा स्थानीय सरकार रहेको महसुस आम नागरिकमा गराउनको लागि र इमर्जेन्सी सेवा सुरु गरिएको बताउनु भयो ।

photo_2022-07-17_21-07-16 (2)

स्थानीयस्तरमा नै आधारभुत सेवा प्रदान गर्न र जनतासंग गरेको वाचा पुरा गर्न इमर्जेन्सी सेवा यस प्राथमिक स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिएको जनाउँदै यस केन्द्रबाट लहानसम्म रेफर गरिएका विरामीलाई निःशुल्क एम्बुन्स सेवा प्रदान हुने जानकारी दिनुभयो ।

भगवानपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी यादव, भगवानपुर वडा नं १ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मिरा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मण्डल, प्राथमिक स्वास्थ्य केन्द्र निमित्त इन्चार्ज राजेश यादव, वडा नम्बर २ का वडाध्यक्ष सूर्य नारायण यादव, वडा नं ३ का वडाध्यक्ष विनोद यादव, वडा नं ४ का वडाध्यक्ष रामकुमार यादव र वडा नं ५ का वडाध्यक्ष अमरलाल यादव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन भगवानपुर गाउँपालिका स्वास्थ्य सह-संयोजक विजय यादवले गरेका थिए ।

photo_2022-07-17_21-16-44

लहान एक्स्पो मधेश प् ...

फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सु ...

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A