आगलागीबाट घरबारविहिन हुन नपाउँदै पत्नी शोकमा रहेका अतिबिपन्न एक परिवारलाई सहयोगको खाँचो

  • साउन १, २०७९
  • समृद्धिपथ
alt

लहान। लहान नगरपालिका वडा नं. १६, तरेगाना निवासी अति बिपन्न अन्दाजी ४२/४३ वर्षका भुवन महतोले आफ्नो बस्ने थलोको रूपमा गाउँकै एकान्त ऐलानी पर्तिमा रहेको एउटा सानो झुप्रो घर करिव तीन महिनाअघि आगलागीमा परेर गुमाउनु परयो ।

खोल्सीको छेउमा रहेको झुप्रो घर गुमाउनु परेपछि गाउँलेको सहयोग र रातदिनको मेहनतले खोल्सीको डिलमा अर्को सानो झुप्रो बनाएर बस्न थाले । खरले छाएको पानी चुहिने झुप्रो घरमा आफू, पत्नी र चार लालाबाला सहित हाँसी खुशी बस्दै आएका महतोका पत्नीले मुटुको समस्याका कारण गतहप्ता मृत्युवरण गर्न बाध्य भईन् ।

एकातिर पत्नीको शोक अर्कोतिर चार बालकको रेखदेखको जिम्मेवारीले सताईरहेको महतोलाई एकान्तमा रहेको चुहिने झुप्रो घर अर्को पीडा थपिरहेको छ । बर्षे मौसममा पानीबाट लाग्ने ठाउँसम्म नरहेपछि अहिले उनी त्यही झुप्रो घर पनि छोडेर नजिकै आफन्तजनकहाँ आश्रय लिन बाध्य भएका छन्। बच्चाहरूको पालनपोषण र आफ्नो जीवन धान्ननै मुश्किल भईरहेको बेला घर कसरी बनाउनु ? पत्नी शोकमा रहेका महतोले आफ्नो पीडा सुनाउँदै सहयोगका लागि आग्रह समेत गरे ।

यसैक्रममा नेपाल रेडक्रस सोसाइटीले जिल्ला समन्वय समिति मार्फत साउन १ गतेका दिन १० हजार रूपैया बराबरको लत्ता कपडा र भाँडाकुँडा सहयोग गरेको छ । यसअघि लहान नगरपालिकाबाट खाधान्न सामग्री उपलब्ध गराईएको नपाका उपप्रमुख रामचलित महतोले जनाए ।

एकातिर आगजनीबाट घरबार गुमाउनु परेको कष्ट सेलाउन नपाउँदै पत्नी शोकको पीडामा रहेका महतोको लागि अरू पनि सहयोगको खाँचो रहेको सरोकारवालाहरू बताउँछन्। जिल्ला समन्वय समितिका प्रमुख दिनेस महतो, उपप्रमुख दिलिप लामा, लहान नपाका उपप्रमुख रामचरित महतो, लहान नपा-१६ का वडाध्यक्ष गडुल बहादुर जर्घा मगर लगायत सरोकारवालाहरूले पीडितको सहयोगका लागि आग्रह गरेका छन् । सोही क्रममा मानवअधिकार संजाल सिरहाका संयोजक एवं मानवअधिकार एलाइन्स सिरहाका अध्यक्ष देवराज पोखरेलद्वारा लहान नपाका उपप्रमुख रामचलित महतो मार्फत पीडित परिवारलाई खाधान्नको लागि एक हजार रूपैया सहयोग गरिएको थियो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A