लहान नगरपालिकाबाट हटाइएका करारका कर्मचारी आन्दोलित, माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

  • साउन ३, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । लहान नगरपालिकाले १ सय १७ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । आइतबारदेखि लहान नगरपालिका अन्तर्गत रहेको कार्यालयहरुमा कार्यरत करारका कर्मचारीलाई लहान नगरप्रमुखको आदेशमा हटाएपछि पिडित कर्मचारी संघर्ष समिति बनाएर विभिन्न माग सहित आन्दोलनमा उत्रेका हुन् । माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेनावनी समेत दिएका छन् ।

लहान नगरपालिकाले असार ३१ गतेभित्र म्याद थप नभएका करारका कर्मचारीहरु साउन १ गतेबाट हाजिर नगर्न नगराउन भन्दै सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।

लहान नगरपालिका स्थापनाकालदेखि विभिन्न पदमा अस्थाई, करार र ज्यालादारी कर्मचारीहरुलाई नियुक्त गरी कामकाज गर्दै आइरहेकोमा विना कारण, पूर्वाग्राही ढंगले कामबाट हटाइएको प्रति लहान नगरपालिकाका पिडित कर्मचारी संघर्ष समितिले आपत्ति जनाउँदै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

293690104_117612821009286_4326055452412667381_n

सम्पूणर् अस्थायी, करारका कर्मचारीहरुलाई कार्यसम्पादन मूल्यांकनको आधारमा म्याद थप गर्नु पर्ने, करार कर्मचारीको सम्वन्धमा मन्त्रालयबाट आएको पत्रलाई पूणर् पालना गर्न र अस्थायी करारका कुनै पनि कर्मचारी स्वेच्छाले राजीनामा दिन चाहेमा वा हटन चाहेमा उपदानको व्यवस्था गर्नुपर्ने लगायतको ३ बुंदेमाग सहित संघर्ष समितिले जिल्ला समन्वय समिति सिरहा, लहान नगरपालिका, जिल्ला प्रशासन कार्यालय सिरहालगायतका सम्वन्धित निकायहरुमा ज्ञापन-पत्र बुझाएका छन् ।

यता लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले विना कुनै निणर्य हचुवाको भरमा नगरप्रमुखको एकल निणर्यबाट कर्मचारी निकालेप्रति आपत्ती जनाएका छन् । संविधान विपरित कार्य सम्पादन मूल्यांकन नगरी गरिएको निणर्य प्रति खेद व्यक्त गर्दै उपप्रमुख महतोले लहान नगरपालिकाको कामकाज प्रभावित हुने गरी सेवा ग्राहीलाई दुःख दिने किसिमले गरिएको निणर्य मान्य नहने बताउनु भयो ।

कर्मचारी व्यवस्थापन समितिको संयोजक लहान वडा नं २४ का वडाध्यक्ष रासलाल रायसंग पनि कुनै किसिमको परामर्श नभएकोले कसैले व्यक्तिगत स्वेच्छाचारी ढंगले गरेको निणर्य कार्यान्वयन नहुने भन्दै पिडित कर्मचारी संघर्ष समितिको माग प्रति पूणर् रुपमा एक्यवद्धता जनाउदै उपप्रमुख महतोले मेरो करारका कर्मचारीहरुको साथ र समर्थन रहने बताउनु भयो ।

स्थानीय तहमा करार र ज्यालादारीका कर्मचारी राख्ने प्रतिस्पर्धात्मक र पारदर्शी विधि छ, कार्यसम्पादन चित्त बुझ्न नभए मूल्यांकनका आधारमा करार सेवा नवीकरण नगर्ने मापदण्ड पनि छ । तर, पहुँच र प्रभावकाका आधारमा नयाँ कर्मचारी राख्ने र पुरानालाई फाल्ने प्रवृत्तिले स्थानीय तहको सेवा प्रवाह प्रभावित मात्रै भएको छैन, सरकारी ढुकुटीको दुरुपयोग पनि हुँदैछ ।

294768655_119154354179933_2516085403033257996_n

294725559_119154340846601_2482458857979090925_n 1 293972094_119154230846612_6441670608899927107_n

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A