जनमत पार्टीद्वारा मधेशको कृषि मन्त्रालयमा तालाबन्दी

  • साउन ४, २०७९
  • समृद्धिपथ
alt

जनकपुरधाम, ४ साउन । जनमत पार्टीले मधेश प्रदेश भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेको छ ।किसान आन्दोलन पुनः सुरु गरेको जनमत पार्टीका नेता तथा कार्यकर्ताले बुधबार जनकपुरधामस्थित भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मूलगेटमा तालाबन्दी गरिदिएका हुन् ।

मधेशका कृषकहरू मलखादको अभावलगायत विभिन्न समस्याबाट पीडित बनेको भए पनि मधेश सरकारले कुनै चासो नदेखाएको उनीहरूको आरोप छ । जनकपुरधाममा निस्किएको जुलुसले नगरका विभिन्न ठाउँको परिक्रमा गर्दै मन्त्रालयमा पुगेर तालाबन्दी गरेको छ ।

त्यसक्रममा उनीहरूले कृषिमन्त्री विजयकुमार यादवको राजीनामासमेत माग गरेका थिए । 

यसअघि, प्रदर्शन गर्दै धनुषा जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरूले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । प्रमुख जिल्ला अधिकारीलाई जनमत पार्टीको धनुषाका इन्चार्ज बीपी साहले ज्ञापनपत्र बुझाएका थिए । 

उनले नेपाल सरकारले मलखाद उपलब्ध गराउन नसकेको अवस्थामा भारतबाट मलखाद ल्याउँदा किसानलाई दुःख नदिन सीडीयो तथा सुरक्षा निकायका प्रमुखहरूसमक्ष आग्रह गरेका थिए ।

जनमत पार्टीले किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, पेन्सन दिनुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, बालिनालीको स्वतः बिमा गर्नुपर्ने, किसानलाई निःशुल्क विजुली दिनुपर्ने र बाली नष्ट हुँदा राहत दिनुपर्ने, किसानमाथिको दमन बन्द गर्नुपर्नेलगायत माग राखेर पुन: आन्दोलन सुरु गरेको हो । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A