एमाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : पूर्व नगरप्रमुख साह

  • साउन ५, २०७९
  • समृद्धिपथ
alt

 

सन्देस नेपाल

लहान,साउन ५ गते ।

लहान नगरपालिकाको पूर्व नगरप्रमुख मुनि साहले लहान नगरपालिकाको समृद्धि विकास र सामाजिक न्यायको लागि नेकपा एमाले सशक्त भूमिका खेल्ने बताउनु भएको छ । लहान- १७ नम्बर वडाका नेता कार्यकर्ताहरुलाई भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो । 

'हाम्रो लहान,समृद्ध लहान' को नारा कार्यान्वयन गर्न सहि कार्य गरे समर्थन गर्ने गलत कार्य गरे विरोधमा उत्रिन नेकपा एमाले तयार रहनुपर्ने पुर्व नगरप्रमुख तथा एमाले नेता साहले बताउनुभयो । संगठन निर्माण र संघर्ष गर्न एमाले नेता कार्यकर्ता पछि पर्नु हुँदैन,उहाँले बताउनुभयो । 

करारका कर्मचारीहरुको कार्य मूल्याङ्कन गर्दा कमजोरी र कार्यक्षमता नभए,मात्रै हटाउनुपर्नेमा होचुवाको भरमा करार कर्मचारी हटाउन खोजेकोमा नेकपा एमाले लहान नगर कमिटिले त्यसको बिरोध गर्न पछि पर्नु हुँदैन,पुर्व नगरप्रमुख साहले बताउनुभयो । 

 जस्तापाता वितरण गर्ने निर्णय म मेयर भएकै कार्यकालमा भएपनि चुनाव आचार संहिताको वितरण गर्न नभ्याएको भन्दै उहाँले नगरपालिकामा ४४ करोड छाडेर आएकोमा ८१ करोड घाटा लगाएर गएको झुटो प्रचारमा नगरप्रमुख महेश प्रसाद चौधरी लागेकोले त्यस भ्रममा नपर्न नगरवासीसँग आग्रह गर्नुभयो ।

 चुनावमा जीतहार समान्य विषय भएपनि एमालेमा रहेर एमालेकै उम्मेदबार हराउन लागेका नेता कार्यकर्तालाई कारबाही हुनैपर्नेमा पुर्व नगरप्रमुख साहले जोड दिनुभयो । 

 नेकपा एमाले लहान नगर अध्यक्ष राज कुमार साहले पार्टीले टिकट वितरणमा गरेको ढिलाईले एमालेले क्षति व्यहोरेको तर्क गर्दै कमिकमजोरीबाट पाठ सिकेर अघि बढ्ने आवश्यक्ता औल्याउनुभयो । 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A