लाइन्स क्लव अफ लाहान हाइटको अधिवेशन साउन १३ मा हुने

  • साउन ७, २०७९
  • समृद्धिपथ
alt

लाल बिहारी यादव,

लाइन्स क्लव अफ लाहान हाइटको अधिवेशन यहि श्रावन १३ गते शुक्रवार हुने भएको छ। हाइटको आज (शनिवार) लहानको मारुती होटलमा बसेको तयारी बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो।

हाइटका क्लब अध्यक्ष लायन जयकृष्ण यादब लाइन्स क्लव इन्टरनेशनलको डिस्ट्रीक्ट घद्दछँ को जोन चेयरपर्सनमा मनोनयन भएकोले क्लब अध्यक्षको पद खाली हुन गएकोले नयाँ अध्यक्ष तथा कार्यसमिति नियमानुसार अधिवेशनबाटै चयन हुने निवर्तमान क्लब अध्यक्ष जयकृष्ण यादवले बताउनु भएको छ।

कोरोना कालमा बिरामीहरुलाई शक्तिवर्धक खाद्य वस्तु, फलफूल वितरण, बिभिन्न समयमा रक्तदान कार्यक्रम तथा जाडोबाट बच्न गरीब गुरुवाहरुलाई कम्बल वितरण गर्दै आईरहेको उक्त क्लबले आफ्नै लगानीमा सामाजिक क्षेत्रमा उल्लेखनिय सहयोग गर्दै आरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

यहाँले आगामी दिनहरुमा पनि समस्यामा परेकाहरुलाई सक्दो सहयोग गर्ने उद्दे्श्यका साथ अगाडि बढिरहेको यस लाइन्स क्लव अफ लाहान हाइटमार्फत दीन दुःखीहरुलाई सहयोग गर्ने मनकारी हातहरुलाई क्लवमा आबद्ध हुने बाटो खुल्ला रहेको अध्यक्ष यादवले बताउनुभयो ।

बैठकले क्लवको कार्यालय लहानमा राखिने र सोको लागि नयाँ भवनको व्यवस्था गरिसकेको क्लवका अधिकारीहरुले जनाएका छन् ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A