करारका कर्मचारी पुनः बहालीको माग राख्दै लहानमा धर्ना

  • साउन ८, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको लहान नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरू पुनः बहालीको माग राख्दै कार्यालय अगाडि धर्नामा बसेका छन् ।

लहान नगरपालिकाले साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनेपछि कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरू प्रतिअन्याय भएको भन्दै निणर्य सच्याएर पुनः पदबहाली गर्नुपर्ने भन्दै उनीहरू धर्नामा बसेका हुन् ।

म्याद थप तथा करार नवीकरण नहुने भनी निणर्य भएको प्रतिअसन्तुष्टि जनाउँदै नगरपालिका कार्यालय अगाडि शान्तिपूणर् धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरू समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

लहान नगरपालिकाले कार्यसम्पादन तथा कार्यमूल्यांकनको आधारसमेत नमानी राजनीतिक प्रतिशोधका कारण करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने काम गरेको करार कर्मचारी लाल प्रसाद साहले बताए ।

हामी म्याद थप तथा पुनः बहालीका लागि मेयरलगायत सम्वन्धित निकायलाई ज्ञापनपत्र बुझाइ अनुनयविनयसमेत गरेका छौं । कार्यालयका अगाडि चर्को घाममा धर्नामा समेत बसेका छौं तर उनले कुनै किसिमको चासो नलिएको गुनासो अर्का करारका कर्मचारी कृष्ण मोहन साह गरे ।

‘हामी सरकारको नीति र नियमसंगत भर्ना भएका छौं,’ उनले भने । नेपालको संविधानको मौलिक हक अन्तर्गत पनि बेरोजगारीलाई रोजगारी दिनुपर्छ, भनी कानुनी व्यवस्था भए पनि स्थानीय सरकारले हामीलाई बेरोजगार बनाएर सडकमा ल्याउने काम गरेको दुखेसो पोखे ।

स्थानीय सरकारको गलत तथा अनैतिक निणर्यको विरुद्वमा हामी धर्नामा बसेका छौं । आफूहरूको रोजीरोटी खोसिएमा जस्तोसुकै कडा आन्दोलन र तालाबन्दी गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

295402723_3298305080489083_1008023923351382684_n

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A