अराजक तथा उदण्ड गतिविधीलाई रोकी शान्ति सुरक्षा कायम गर्न माग

  • साउन १०, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहा जिल्लाको स्थानीय तहहरुमा करार कर्मचारीहरुको विवादमा देखिएको अराजक तथा उदण्ड गतिविधीलाई प्रहरी प्रशासनले गम्भिरता पूर्वक लिई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नेकपा एमाले सिरहाले माग गरेका छन् ।

मंगलवार नेकपा (एमाले) जिल्ला कमिटि सिरहाले सदरमुकाम सिरहामा पत्रकार सम्मेलन गरी स्थानीय प्रशासनले जनप्रतिनिधिहरुको जिउधनको सुरक्षालगायत पालिकाको दैनिक कामकाज सञ्चालनको कार्यमा सहयोग गरी सेवा ग्राहीहरुलाई सेवा प्रवाह गर्न र सार्वजनीक सम्पत्तीको सुरक्षा गर्न प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका हुन् ।

नेकपा (एमाले) सिरहाका अध्यक्ष चन्देश्वर मण्डलद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा भनिएको छ- करार अवधी थप नभएका कर्मचारीहरुले आफ्नो अधिकार हनन् भए वा अन्यायमा परेको भनि पेशागत हक हितको लागि कानूनले दिएको क्षेत्राधिकार भन्दा बाहिर गएर राजनीतिकदलको भातृ संगठन जस्तो गरी अवान्छित गतिविधि गर्ने, ढुङगा मुडा गरी उत्तेजना फैलाउने, निर्वाचीत जनप्रतिनिधीहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने, तालाबन्दी गर्ने र सेवाग्राहीहरुलाई सेवा लिने कार्यमा अवरोध पुर्‍याउने गतिविधिहरु नगर्न आग्रह गरेका छन् ।

करार कर्मचारीको आन्दोलनमा कुनै दलले नैतिक समर्थन र सहानुभूति देखाउनु स्वभाविक भए पनि गोलबजार नगरपालिकामा करारका कर्मचारीहरुको आन्दोलनलाई प्रत्यक्ष रुपमा नेकपा माओवादी केन्द्रको संलग्नता र नेतृत्व आश्चर्यजनक रहेको छ ।

नेकपा मावोवादी केन्द्रका जिम्मेवार ओहदामा बसेका नेताले आफ्नो पदिय जिम्मेवारी र मर्यादालाई ख्यालै नगरी गोलबजार नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई तेजोवध गर्ने ढंगले सार्वजनीक रुपमै अराजनीतिक, अमर्यादित आपत्ति जनक शब्दको प्रयोग भएबाट नेकपा एमाले सिरहाको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यस्ता गैर जिम्मेवार राजनीतिक अभिव्यक्ति र व्यवहार रोकी सभ्य राजनीतिक संस्कार लोकतान्त्रिक आचरण र व्यवहार प्रदर्शन गर्न आग्रह आग्रह गर्नै आफ्ना मागहरुलाई शान्तिपूणर् तरिकाले राख्ने कानूनी उपचारको बाटो खोज्ने, नयाँ भर्ना प्रकृयामा सामेल हुने बाटो अवलम्बन गर्न सम्पूणर् आन्दोलित कर्मचारीहरुलाई सुझाव दिएका छन् ।

यस्तै पालिकाहरुलाई आफ्नो कानूनी क्षेत्र भित्र रही आवश्यकता अनुसार पारदर्शि प्रकृयाबाट नयाँ भर्ना गर्न र नेपाल सरकारको नीति अनुसार कागज रहित पालिका सूचना प्रविधि र डिजीटल प्रविधिका लागि दक्ष र सक्षम कर्मचारी भर्ना गर्न र सम्वन्धीत निकायसंग स्थायी कर्मचारी दरबन्दी माग गरी पालिकाको व्ययभार कमगर्न सुझाव दिएका छन् ।

photo_2022

photo_2022-07-26_20-38-22

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A